पालिका स्तरीय परियोजना अभिमूखिकरण तथा समन्वयात्मक बैठक सम्पन्न

मातृभूमी संवाददाता । २६ साउन दैलेख
दैलेखको आठविस नगरपालिका दैलेखमा परियोजना अभिमूखिकरण तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ । आठबिस नगरपालिका र यूएनडिपिको संयुक्त आर्थिक सहयोगमा एभरेष्ट क्लब दैलखद्धारा कोभिड-१९, सामाजिक तथा आर्थिक पुर्नःलाभ-पुर्नःप्राप्ती परियोजनाका विषयमा अभिमुखीकरण तथा समन्वयात्मक वैठक सम्पन्न भएको हो । परियोजना आठबिस नगरपालिकाका ४ वटा वडामा संचालन हुने छ ।
आठबिस नगरपालिकाका वडा नं. १, ४, ७ र ९ मा जिविकोपार्जन तथा आयआर्जन सम्वन्धि क्रियाकलाप संचालन गरीने छ । विषेश गरी कोभिडको महामारीले ग्रस्त तथा प्रत्यक्ष रुपमा मारमा परेका ४ सय घरधुरहिरु समावेस हुने छन् । जस मध्य ६० प्रतिशत बैदेशिक रोजगारी गुमाई बिदेशबाट फर्किएका युवाहरु, १० प्रतिशत एकल महिला, १० प्रतिशत असक्त तथा अपाङ्गता भएका, १० प्रतिशत सेवा तथा सुविधाबाट बंचित साथै दलित, जनजाती, अल्पसंख्यक समुदाय र १० प्रतिसत कोभिडका कारण परिवारका सदस्य गुमाएका साथै संक्रमित भएका घरधुरहिरुको छनौट गरी २० वटा कृषक समुह बनाएर परियोजनाका क्रियाकलापहरु अगाडि बढाईने जनाईएको छ ।
यूएनडिपि र साझेदारको रुपमा रहेको आठबिस नगरपालिको १/१ करोड गरी दुई करोड बरावरको बजेट अन्र्तगत रहेर आयआर्जन र जिविकोपार्जनका क्षेत्रमा लगानी गरिने छ । जिविकोपार्जन तर्फ वेमौसमि तरकारी र मसालाबाली अन्र्तगत १ सय ६० घरधुरी, आलू खेतीतर्फ ४० घरधुरी गरी २ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । आयआर्जन एवं पशुपंक्षि पालनतर्फ लोकल कुखुराका लागि १ सय ४० घरधुरी र बाख्रा पालनतर्फ ६० घरधुरी गरी २ सय घरधुरी समावेश हुनेछन् । परियोजना एक वर्षसम्म पालिकामा लागु हुने छ । लक्षित सेवाग्राहीहरु तत्कालका लागि आम्दानी लिन केही मात्रामा असफल भएता पनि दिगो आम्दानी र आयआर्जन गर्न परियोजनाका तोकिएका क्रियाकलापबाट सफल र लाभ प्राप्ती गर्नेमा दुईमत देखिदैन । बिभिन्न शिपमूलक तालिम, अभिमूखिकरण र प्राविधिक सहयोगका माध्यम बाट कृषकहरुको क्षमता अभिबृद्धि गरिने छ ।
कृषकको उत्पादनलाई बजारीकरण गरी बजार सुनिश्चितताका लागि स्थानिय सहकारी एवं स्थानिय बजारसँग पहुँच बृद्धिका लागि एभरेष्ट क्लब, परियोजनामा कार्यरत कर्मचारी र स्थानिय पालिकाले संयुक्तरुपमा समन्वयकारी भूमिकाका साथै नयाँ बजारको खोज गर्नेछन् । सो कार्यका लागि स्थानिय स्तरमा एउटा दुध डेरीको स्थापना गर्न आर्थिक तथा प्राविधिक सहयोग गरिनेछ भने युवा स्वरोजगार र उधमि निर्माणार्थ कुखुरा दाना उद्योगको स्थापना समेत गरिनेछ ।
कार्यक्रमका प्रमुख अतिथि आठविस नगरपालिकाका नगर प्रमुख खड्गराज उपाध्याय, प्रमुख प्रशासकिय अधिकृत गोकणर्नाथ योगी, प्रशासकिय अधिकृत लालबहादुर खत्री, परियोजनाले लक्षित गरेका सहकारी, एकल महिला, बैदेशिक रोगगारीबाट फर्किएका, आमा समुह, स्थानिय शिप विकास तथा उधम सहजकर्ता लगाएको सहभागिता रहेको थियो । कार्यक्रम समापन कार्यक्रममा वोल्दै परियोजना तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सबै जुटौ, सबै उठौं र कहीकतै भेदभाव नगरी आवश्यक्ताका आधारमा सेवाग्राही पहिचान तथा छनौट गरेर मात्र अगाडी बढ्ने साथै दातृ निकाय र साझेदारलाई सदा सहयोग र स्वागत गर्न आफू सदा तत्पर रहेको नगर प्रमुख उपाध्यायले बताए । कार्यक्रममा पावर प्वंईन्ट प्रिजेन्टेसन र छलफलको माध्यमबाट संचालन गरिएको थियो भने कार्यक्रम संचालन तथा सहजिकरण परियोजना संयोजक युबराज शाहीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *