आफ्नो पक्षका नेतालाई निर्वाचनमा पुनः जिताएर ल्याउने नेपालको प्रतिवद्धता

मातृभूमी राजनितिक व्युराे । २६ साउन काठमाण्डाै

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कर्णाली प्रदेशसभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई उपनिर्वाचन भए पुनः जिताएर ल्याउने प्रतिवद्धता जनाएका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटीले मंगलबार ललितपुरमा गरेको कार्यक्रममा उनले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेकाहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताए ।

वरिष्ठ नेता नेपालले आफुहरु कसैको सामु शिर निहुराउने र कसैको टाङमुनि नछिर्ने भन्दै दृढताका साथ अगाडी बढ्ने उनको वाचा थियो । वरिष्ठ नेता नेपालले दम्भ र अहंकारका साथ गलत ढंगले चल्नेहरुलाई चुनौति दिएर अघि बढ्ने पनि स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *