प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

मातृभूमी राजनितिक व्युराे । २६ साउन काठमाण्डाै

प्रधानमन्त्री शेरबहादुर देउवा र सभाुमख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । संघीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखको कार्य कक्षमा भएको भेटमा सदनलाइ प्रभावकारी बनाउने, विधेयकहरूलाई अघि बढाउने लगायतका विषयलाई छलफल भएको सभाुमखका सञ्चारविज्ञ श्रीधर न्यौपानले जानकारी दिए ।

भेटमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी भएका थिए । प्रधानमन्त्री भएपछि देउवाले पहिलो पटक सभामुख सापकोटलाई भेट गरेका हुन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका प्रधानमन्त्री देउवाले सभामुुखसँग छलफल गरेका हुन् ।

सरकारले जारी गरेको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सदनमा रहेको बाँकी विधेयकलाई तीन महिनाभित्र पूर्णता दिने विषय समेटिएको छ । साझा न्यूनतम सरकारकाले आइतबार सार्वजनिन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *