स्वर्गीय पत्रकार डेकेन्द्रको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग (अडियाे रिर्पाेट सहित)

मातृभूमी संवाददाता । २७ साउन दैलेख
दैलेखका स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १७ वर्ष पुगेको छ । तत्कालिन शसस्त्र युद्धरत माओवादीले २०६१ साल साउन २७ गते क्रुरता पुर्वक पत्रकार थापाको हत्या गरेका थिए । नेपाल पत्रकार महासंघ दैलेखले थापाको हत्या भएको दिनको सम्झना गर्दै वुधवार दैलेखमा १७ औँ स्मृति दिवस मनाएको छ ।
वुधवार दैलेखका नि. प्रमुख जिल्ला अधिकारी र दैलेखका प्रहरी प्रमुखलाई भेटि ध्यानाकर्षण पत्र समेत वुझाएको छ । ध्यानाकर्षण पत्र वुझाउँदै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेका ९ जना मध्ये ६ जना कानुनी दायरामा आईसकेका छन् भने वाँकी ३ जना अझै फरार रहेको भन्दै वाँकी ३ जनालाई पनि कानुनी दायरामा ल्याउन माग गरे ।
यसै विषयमा स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाले गाउँनु भएको दुर्लभ देउडा गितलाई समेटेर तयार पारिएको एक रेडियो रिर्पोट…

रिर्पाेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *