जीवन उपयोगि सिप विकास तथा वित्तिय शिक्षा लालिम सम्पन्न

मातृभूमी संवाददाता । २७ साउन दैलेख
जिवन उपयोगि शिप विकास तथा वित्तिय शिक्षा लालिम सम्पन्न भएको छ । एभरेष्ट क्लब दैलेखको सहजिकरण तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा जिल्लाको आठविस र चामुण्डा बिन्द्रासैनी नगरपालीकामा संचालीत किरण परियोना अन्र्तगत गठित कृषक समुह र कार्यक्षेत्र भित्रका कृषकहरुलाई स्वरोजगार सृजना गर्ने मुख्य उद्धेश्यले यही श्रावण २२ गते देखि सुरु भएको ५ दिने तालिम समपन्न भएको हो ।
कोरोनाका कारण सामाजिक दुरी कायम गरी आठविस नगरपालीकाको वडा नं. ४, ५, ६ र ७ का ३२ जना सहभागिलाई छुट्टाछुट्टै समुहमा ब्यवसाय संचालन पुर्व जिवन उपयोगी सिप विकास तथा वित्तिय शिक्षा तालिम मार्फत क्षमता बृद्धि तथा उपयुक्त व्यवसाय छनौटका लागि महत्वपूणर् हुनुका साथै जिविकोपार्जन र आय आर्जनमा टेवा पुर्‍याउनुका साथै स्वरोजगार सृजना गर्ने मुख्य उद्देश्य राखि तालिमको आयोजना गरिएको परियोजनाले जनाएको छ ।
तालिम समापनको क्रममा वोल्दै सहभागी गोरीकला वि.क.ले तालिम रमाईलो गर्नका लागि मात्र नभई पाएको ज्ञान र जिवन उपयोगी शिपले जिवनलाई सही मार्गमा डोर्‍याउन सिक्नु पर्ने तव मात्र तालिमबाट पाएको सिप र ज्ञानले जिवनमा सहयोग पुग्ने कुरामा आफु ढुक्क रहेको वताईन् । यस तालिमबाट सिकेका सिपहरु आ-आफ्नो समुदायमा गएर ब्यबहारमा उतार्ने समेत उनले प्रतिवद्धता जनाईन् । कार्यक्रम समापनका क्रममा किरण परियोजना प्रवन्धक महेश कुमार चौधरीले यस तालिमबाट प्राप्त गरेका सिपहरु जस्ताको त्यस्तै आफ्नो जिवनमा लागु गर्न सके समुदायको मुहार बदलिनेमा आशंका नगर्न सुझाव समेत दिए । पाँच दिने तालिमको सहजिकरण परियोजनाका जिविकोर्पाजन संयोजकद्धय केवलसिंह वोगटी र मुकेश चटौतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *