ह्वाट्सएपमा ग्रुप नबनाइकन एकै पटकमा २५६ जनालाई म्यासेज पठाउन सकिने

फेसबुक कम्पनीको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप विश्वभर नै निकै लोकप्रिय छ । एक अर्कासँग सम्पर्क कायम गर्नका लागि यो निकै सहज तथा लोकप्रिय माध्यम बनिरहेको छ ।

ह्वाट्सएपले प्रयोगकर्तालाई नयाँ नयाँ फिचरहरु एपमा थप गरिरहेको छ । हामी धेरैले ह्वाट्सएपको प्रयोग त गर्दै आएका छौँ, तर यसमा लुकेका कतिपय ट्रिक्सको बारेमा धेरैलाई थाहा नहुन सक्छ ।

ह्वाट्सएपमा ग्रुप निर्माण नगरिकनै २ सय ५६ जना सम्मलाई एकैपटकमा मेसेज पठाउने तरिका थाहा छ ? ह्वाट्सएपले आफ्नो एपमा WhatsApp Broadcast List नामक एक नयाँ तथा निकै कामलाग्ने फिचर दिएको छ । वास्तवमा यो कुनै ग्रुप नभई सूची अर्थात् लिस्ट हो ।

यो सूचीमा तपाइँ एकसाथ २ सय ५६ जना सम्म मानिसहरुलाई थप्न सक्नुहुन्छ । यसका लागि एउटा महत्वपूर्ण शर्त के हो भने तपाइँले लिस्टमा सामेल गर्ने ती फोन नम्बरवाला व्यक्तिहरुले नीहरुको फोनमा पनि तपाइँको नम्बर सेभ गरेको हुनुपर्दछ ।

WhatsApp Broadcast List कसरी तयार गर्ने ?

  •  सबैभन्दा पहिले फोनमा ह्वाट्सएप खोल्नुहोस् र त्यसको माथि दायाँतर्फ देखिने तिन थोप्लावाला मेन्यूमा क्लिक गर्नुहोस् ।
  •  त्यसपछि त्यहाँ तपाइँले New Broadcast को अप्सन देख्नुहुन्छ । त्यसमा थिच्नुहोस् ।
  • New Broadcastमा ट्याप गरिसकेपछि तपाइँले तपाइँको फोनमा सेभ भएका सबै फोन नमबरहरुको सूची देख्नुहुनेछ । तपाइँले जो जो मानिसहरुलाई एकसाथ मेसेज पठाउन चाहनुभएको हो ती फोन नम्बरवाला मानिसलाई मात्र उक्त सूचीका लागि छनोट गर्नुपर्दछ ।
  •  त्यसरी नम्बरहरु छनोट गरिसकेपछि तल देखाइएको निलो टिक चिन्हमा ट्याप गर्नुहोस् र यसो गर्दा तपाइँको लिस्ट तयार हुन्छ ।
  • यसअघि एउटा साझा मेसेज धेरैजनालाई पठाउनु पर्दा एक एक जना गरी पठाउनु पर्दथ्यो वा कुनै ग्रुप बनाएर मात्र पठाउन सकिन्थ्यो । तर यसरी लिस्ट तयार गरिसकेपछि तपाइँले एकसाथ आफुले चाहेका मानिसहरुलाई मेसेज पठाउन सक्नुहुन्छ ।
  • तपाइँले आफ्नो ह्वाट्सएपमा विषयवस्तु अनुसारको एकभन्दा बढि ब्रोडकास्ट लिस्ट पनि बनाउन सक्नुहुन्छ ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!