टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप

The TikTok logo is seen on an iPhone 11 Pro max in this photo illustration in Warsaw, Poland on September 29, 2020. The TikTok app will be banned from US app stores from Sunday unless president Donald Trump approves a last-minute deal between US tech firm Oracle and TikTok owner ByteDance. US authorities say the Chinese video sharing app threaten national security and could pass on user data to China. (Photo by Jaap Arriens/NurPhoto via Getty Images)

गत वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने मोबाइल एपहरुमध्ये टिकटक पहिलो स्थानमा उक्लिन सफल भएको छ । डिजिटल एनालिटिक्स कम्पनी एप एन्नीले सार्वजनिक गरेको रिपोर्ट अनुसार फेसबुकका एपहरुलाई पछि पार्दै टिकटक सन् २०२० मा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो । गत वर्ष पहिलो स्थानमा रहेको फेसबुक मेसेन्जर पाँचौँ स्थानमा झरेको छ ।

अर्को रोचक कुरा के भने चिनियाँ भिडियो शेयरिङ एप टिकटक टप फाइभको एउटा मात्र यस्तो एप बनेको छ जुन फेसबुक स्वामित्वको होइन । अर्थात् सन् २०२० मा सर्वाधिक डाउनलोड भएका टपफाइभ मोबाइल एपमध्ये अन्य चारवटा फेसबुक मातहतकै एप रहेका छन् ।

अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको प्रतिबन्धको प्रयासका बाबजुत ट्वीटरको लोकप्रियतामा कुनै कमी आएको देखिएन । गत वर्ष ट्रम्पले अमेरिकामा टिकटक डाउनलोड हुन प्रतिबन्ध लगाउँदै नयाँ कार्यकारी आदेश जारी गरेका थिए । टिकटकले अमेरिकामा राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको र यसका प्रयोगकर्ताको डाटामा चीन सरकारको पहुँच रहेको जिकिर ट्रम्प प्रशासनको थियो । तर टिकटकले भने यस्तो अभियोग अस्वीकार गर्दै आएको थियो ।

अमेरिकामा सम्भावित प्रतिबन्धबाट बँच्नका लागि टिकटकको मातृ कम्पनी बाइटडान्सले अमेरिकास्थित टिकटकको व्यवसाय ओरेकल तथा वालमार्टलाई विक्री गर्ने विषयमा समेत छलफल अगाडि बढाएको थियो । तर गत जनवरीमा जो बाइडेन अमेरिकाको राष्ट्रपति बनेसँगै उनले टिकटकलाई प्रतिबन्ध लगाउने ट्रम्पकालीन आदेश खारेज गरे ।

यावत चुनौतीहरु पार गर्दै अगाडि बढेको टिकटकले प्रयोगकर्ताहरुलाई आकर्षित गर्नका लागि नयाँ नयाँ फिचरहरु ल्याउन थालेको छ । गत हप्तामात्रै टिकटकले vanishing clip फिचर ल्याएको छ जुन स्नापच्याट, फेसबुक तथा इन्स्टाग्राममा रहेको फिचर जस्तै छ । त्यसमा प्रयोगकर्ताहरुले टिकटक स्टोरी हाल्न पाउँदछन् जुन २४ घण्टामा आफै हराउँदछ ।

यी हुन् सन् २०२० मा विश्वव्यापी रुपमा सर्वाधिक डाउनलोड भएका टपटेन एपहरु

  •  टिकटक
  •  फेसबुक
  •  ह्वाट्सएप
  •  इन्स्टाग्राम
  •  फेसबुक मेसेन्जर
  •  स्नापच्याट
  •  टेलिग्राम
  •  लाइकी
  •  पिन्टेरेस्ट
  •  ट्वीटर

चीन बाहेक एसिया क्षेत्रमा सर्वाधिक डाउनलोड भएका टपटेन एपहरुको सूची

  •  फेसबुक
  •  टिकटक
  •  ह्वाट्सएप
  •  इन्स्टाग्राम
  • फेसबुक मेसेन्जर
  •  स्नाक भिडियो
  •  टेलिग्राम
  • स्नापच्याट
  •  ट्रुकलर
  •  लाइकी

यी हुन् अमेरिकामा सर्वाधि डाउनलोड भएका एप

  •  टिकटक
  •  फेसबुक मेसेन्जर
  •  फेसबुक
  •  इन्स्टाग्राम
  •  स्नापच्याट
  •  ह्वाट्सएप
  •  डिस्कोर्ड
  •  पिन्टेरेस्ट
  •  ट्वीटर
  •  गुगल डुओ

यी हुन् चीनमा सर्वाधिक डाउनलोड भएका टपटेन एप

  •  डुयिन
  •  विच्याट
  • क्यूक्यू
  • विशो
  •  रेड
  •  विबो
  •  डुयिन भोल्कानो इडिसन
  •  सोगु पिनयिन इनपुट मेथड
  •  झिहु
  •  सोउल

स्मरण रहोस् एप एन्नीले सन् २०१८ देखि सर्वाधिक डाउनलोड हुने एपको वार्षिक रिपोर्ट प्रकाशित गर्न थालेको हो । हालसम्म विश्वमा सर्वाधिक डाउनलोड हुने एपको पहिलो स्थानमा फेसबुककै एपहरुले कब्जा गर्ने गरेकोमा यो पटक टिकटकले बाजी मारेको हो ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *