नेपालमा काेराेनावाट थप ३२ जनाको मृत्‍यु

मातृभूमी संवाददाता । २८ साउन काठमाण्डाै

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ७३ जना र ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २ सय ९४ जना काेराेना संक्रमणलाइ जितेर घर फर्किएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७ सय ६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २ सय १२ पुगेको छ भने ६ लाख ७७ हजार ३ सय ७७ जनाले काेराेना संक्रमणलाइ जितेका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १ हजार ८० जना रहेका छन् । जसमध्ये ३४ हजार ८ सय ३८जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३ सय ४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ३७ जना आईसीयू र १ सय ८३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *