आज नागपञ्चमी, देशभर नागको पूजाआजा गरी मनाइँदै

मातृभूमी संवाददाता । २९ साउन दैलेख

आज नागपञ्चमी देशर भनाइदै छ । वैदिक सनातन धर्मावलम्वीहरुले घर, दह तथा कुण्ड र नागस्थानमा नागको पूजा आजा गरी नागपञ्चमी मनाउँदै छन् । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्ने प्रचलन रहेको छ ।

त्यसो गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने र अग्नि, मेघ तथा चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहेको छ ।

नागका बाह्र नाम रहे पनि अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी अष्ठ नागको पूजा गर्ने चलन रहेको छ । ब्राह्मण पुरोहितहरुले जजमानका घरमा पुगेर विधि पूर्वक पूजाआजा गरी घरको ढोकामाथि नागकाे तस्वीर टास्ने गर्दछन् ।

नागको पूजा गरेपछि खेत बारीमा खनजोत गर्न नहुने मान्यता पनि रहेको छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने धार्मिक विश्वास पनि रहेको छ । नागले प्रकृतिमा रहेका विषालु पदार्थको शोषण गरी अन्य जीवलाई विषबाट जोगाउने विश्वास पनि गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *