देउवा प्रधानमन्त्री भएको एक महिना पूरा, मन्त्रिपरिषद् अझै विस्तार भएन

मातृभूमी राजनितिक व्युराे । २९ साउन काठमाण्डाै

शेरबहादुर देउवा प्रधानमन्त्री नियक्त भएको आज (साउन २९ गते शुक्रवार) एक महिना पुगेको छ । सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री बनेकाका देउवाले एक महिना पुगेपनि मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

कांग्रेसका २ र माओवादीका दुई गरी चार मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्री सहित सरकार चलाईरहेका प्रधानमन्त्री देउवाको काँधमा १७ वटा मन्त्रालयको भारी छ ।

सत्ता गठबन्धनको सहयात्री घटक एमालेको माधव नेपाल समूहलाई पर्खिंदा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको दाबी गरिएको छ । तर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएकाले पनि उनीहरुले नाम दिन सकेका छैनन् ।

अर्कोतर्फ निर्धारित मितिमा पार्टीको १४औं महाधिवेशन नहुने भएपछि पार्टीभित्रै अप्ठेरोमा परेका प्रधानमन्त्री देउवा महाधिवेशनको नयाँ मिति टुंग्याएर मात्रै मन्त्री थप्ने रणनीतिमा छन् । यस्तै सत्ता गठबन्धनका घटकहरुले उपप्रधानमन्त्री दाबी गर्दा पनि प्रधानमन्त्री देउवा अप्ठेरोमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *