युवाको क्षमता विकासमा ध्यान दिन जरुरी : सांसद रखाल

मातृभूमी संवाददाता । २९ साउन दैलेख
जिल्ला युवा समिति, दैलेख र एभरेष्ट क्लव, दैलेखको संयुक्त आयोजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बालिका तथा किशोर किशोरीहरुको स्वास्थ्य संरक्षणमा युवाको भुमिका विषयक परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यामवाट संचालन गरिएको उक्त परिसंवाद कार्यक्रममा जिल्ला युवा समिति दैलेखका अध्यक्ष चन्द्रप्रसाद दाहाल र प्रमुख अतिथी कर्णाली प्रदेश सभा सदस्य मिनासिं रखालको उपस्थिती रहेको थियो ।
परिसंवाद कार्यक्रममा विषयगत क्षेत्रमा आवद्ध विज्ञहरुद्धारा छोटो प्रस्तुती समेत गरिएको थियो । जसअन्र्तगत सुरक्षित महिनावारी व्यवस्थापनमा युवाको भुमिकाबारे सोसेक नेपाल दैलेखका दुर्गा गिरी, अपांगमैत्री युवा सहभागीताको आवश्यक्ताका विषयमा एभरेष्ट क्लव दैलेखका विमला विशुन्के, सामाजिक अभियानमा युवाको सहभागीता विषयमा दैलेख जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी धुव्रविक्रम थापा, बालविवाह र किशोर किशोरीहरुको स्वास्थ्य अवस्था विषयमा आवाज संस्था सुर्खेतका चेतन गिरी, किशोर किशोरीहरुको स्वस्थकर जिवनका लागि पोषणको आवश्यक्ता सम्वन्धी विषयमा विश्व खाद्य कार्यक्रम दैलेखका दिलबहादुर खड्का र किशोर किशोरीहरुको स्वास्थ्य सवालहरु विषयमा सेभ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक रोमा बलामीले प्रस्तुतीकरण गरेका थिए ।
परिसंवाद कार्यक्रममा बोल्दै प्रमुख अतिथी कर्णाली प्रदेश सभा सदस्य मिनासिं रखालले युवाहरु देशको विकासका लागी वर्तमानका साझेदारी भएको वताईन् । प्रदेश सभा सदस्य रखालले सक्रिय जनसंख्यालाई राष्ट्र र राष्ट्रियता, उद्यमशिलता र उत्पादनको क्षेत्रमा संलग्न गराई देश विकासमा आवद्धता गराउन तिनै तहका सरकारहरुले ठोस कार्यक्रम संचालन गर्नुपर्ने वताईन् ।
उनले कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत युवाहरु प्रथामिकतामा परेको र सवै क्षेत्रका युवाहरुलाई सीपयुक्त बनाई उनीहरुको क्षमता विकास गर्न जरुरी रहेको धारण राखिन् ।
यसैगरि एभरेष्ट क्लव, दैलेखका अध्यक्ष दीपक कुमार शाहीले युवाको भुमिका आफु सशक्त हुने र भावि पिडीका किशोर किशोरीहरुको संरक्षण र विकासमा समेत योगदान दिनुपर्ने वताए । अध्यक्ष शाहीले समाज रुपान्तरणमा सक्रियताका साथ नेतृत्व लिनुपर्ने र उत्पादनमा समेत संलग्न हुनुपर्ने वताए ।
कार्यक्रमको समापन गर्दै जिल्ला युवा समिति दैलेखका अध्यक्ष चन्द्र प्रसाद दाहालले सवै संघसस्था र सरोकारवालाको सक्रियतामा कोभिड-१९ को जोखिम न्युनीकरण गर्दै युवाहरुको चाडको रुपमा रहेको (अगष्ट १२) अन्तराष्ट्रिय युवा दिवशको शुभकामना सहित युवामैत्री नीति निर्माण भई ठोस कार्यक्रमहरु स्थानीय तहदेखि संघिय र प्रदेश सरकारहरुले संचालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन एभरेष्ट क्लव, दैलेखका टेकराज आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *