प्राधिकरण टुक्राउन लागेको विरोधमा ट्रेड युनियनको आन्दोलन

मातृभूमी संवाददाता । ३२ साउन काठमाण्डाै

नागरिक उड्डयन प्राधिकरण टुक्राएर दुई वटा प्राधिकरण बनाउन लागेको विरोधमा कर्मचारी ट्रेड यूनियनले एक साता लगातार गर्दै आएको आन्दोलन सोमबार पनि जारी छ । प्राधिकरण अन्तर्गतको कर्मचारी ट्रेड युनियनले बबरमहल स्थित प्राधिकरणको मुख्य कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।

युरोपियन यूनियन (ईयू) ले प्राधिकरण टुक्राउन नभनेको जिकिर गर्दै युनियनका प्रवक्ता अनिल कुमार गुप्ताले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको आरोप लगाए ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ ल्याएर प्राधिकरण खण्डित गर्न खोजेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *