संसद्को चालु अधिवेशन अन्त्य

मातृभूमी राजनितिक व्युराे । ३२ साउन काठमाण्डाै

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोमबारै बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

सर्वोच्च अदालतले गत असार २८ गतेको फैसलाबाट दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनस्थापना गरेपछि चालु अधिवेशन साउन ३ गतेबाट सुरु भएको थियो । प्रतिनिधिसभाको चालु आठौं अधिवेशन २९ दिन चल्यो । जसमध्ये ९ दिनमा १० पटक बैठक बसेर जम्मा २० घण्टा १५ मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।

प्रतिनिधिसभाको चालु अधिवेशनमा कुनैपनि नयाँ विधेयक दर्ता भएनन् । राष्ट्रियसभामा उत्पत्ति भई पारित भएर आएका ७ वटा विधेयकहरु सम्बन्धि सन्देश सहित सभामा जानकारी गराइएको छ । प्रतिनिधिसभाको चालु अधिवेशनबाट प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *