केन्द्रीय सदस्यको विवरण अध्यावधिक गर्न एमालेले दियो निवेदन

मातृभूमी राजनितिक व्युराे । ०१ भदाै काठमाण्डाै

नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको सदस्यहरुको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार २ सय ६० जनाको विवरण अध्यावधिक गर्नका निवेदन दिएको हो । जसमा नेकपा माओवादी केन्द्रबाट आएका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट सहितका नेताहरु नाम समेत रहेको छ ।

‘हामीले कहिले कारबाही गरेको छैन । माधव कुमार नेपाल सहितका नेताहरुलाई अपडेट गर्दा हटाउनु भन्ने लागेको छ भने निर्वाचन आयोगमा गएर हेर्दा हुन्छ,’ कार्यालयका सचिव शेरबहादुर तामाङले भने, ‘नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पछि थपेका केन्द्रीय सदस्यहरु सहितको विवरण हामीले अध्यावधिक गर्न पठाएका छौं ।’

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरुको विवरण अध्यावधिक गर्नका लागि निवेदन आएको बताए । एमालेले अध्यादेश आउने बित्तिकै केन्द्रीय सदस्यहरुको विवरण अध्यावधिक गर्नका लागि निवदेन दिएको हो । एमालेले राजनीतिक दल ऐन २०७३ को दफा ५१ को ३ अनुसार पदाधिकारी तथा सदस्यहरुको हेरफेर सम्बन्धी जानकारी गराउनु पर्ने व्यवस्था रहेकाले निवेदन दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *