नेपालसहित १४ सांसदको पद खारेज गर्न संसद् सचिवालयलाई एमालेको पत्राचार

मातृभूमी राजनितिक व्युराे । ०१ भदाै काठमाण्डाै

एमालेले माधव नेपालसहित १४ जना सांसदहरुको पद खारेज गर्न संसद् सचिवालयलाई पत्र पठाएको छ । उनीहरुले पार्टीको निर्देशन र अनुशासन उल्लंघन गरेको भन्दै सांसद पदबाट हटाउन भन्दै सचिवालयलाई पत्राचार गरेको हो ।

संसद् सचिवालय स्रोतका अनुसार माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु (पाल), पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै पत्र आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *