दैलेखमा स्मार्ट लकडाउनको अवधारणा

मातृभूमी संवाददाता । ०१ भदौ दैलेख

जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) दैलेखले दैलेखमा स्मार्ट लकडाउन कार्यान्वय प्रभावकारी गराउने निणर्य गरेको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा मंगलवार दैलेखमा बसेको बैठकले उच्च स्वास्थ्य सावधानीका साथ आर्थिक गतिविधि सञ्चालन गरिने निणर्य गरेको हो ।
‘भीडभाड’ रोकथाम, ‘भेण्टीलेटर’को उचित व्यवस्थापन गरी संक्रमितहरुको उपचार गर्ने र ‘भौतिक दूरी’ कायम गरेर कोरोना रोकथामका उपायहरुको प्रयोग गर्ने नेपाल सरकारको परिपत्र अनुसार स्मार्ट लकडाउन कार्यान्वय गर्ने निणर्य भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिए ।
कोरोना रोकथामका लागि प्रहरीले बाटो हिंड्ने सबैलाई अनिवार्य मास्क अभियान सञ्चालन गरेको र स्थानीय तह, नागरिक समाज र सबैले सचेतना अभियानलाई सघाउनु पर्ने दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले आग्रह गरे ।
राजनीतिक दलका बिरोध प्रदर्शन लगाएतका कार्यक्रमले कोरोना संक्रमण जोखिम बढेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले टिप्पणी गरे । स्थानीय तहहरुले कोरोना परीक्षण दायरा बढाउनु पर्ने रेग्मीको सुझाव छ ।
विहान ६ बजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ने असार १७ गतेको निणर्यलाई कोभिड संकट व्यवस्थापन समितिले निषेधाज्ञा लागि निरन्तरता दिएको छ । कोरोना जोखिम कायमै रहेकाले स्वास्थ्य सर्तकता अपनाउन स्वास्थ्यकर्मीले अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *