पहिराे पिडितका लागी बृहत कार्यक्रम वनाईने : अध्यक्ष वुढा

मातृभूमी संवाददाता । ०३ भदौ दैलेख (नौमूले)
विगत लामो समयदेखि लगातार पहिरो जान थालेपछि नौमूले गाउँपालिका ४ कालिकाको उत्तीसेनी वस्तीका स्थानीय उच्च जोखीममा रहेको छन् । २०७४ सालदेखि उत्तिसेनी वस्तीमुनी लगातार पहिरो जान थालेपछि स्थानीय उच्च जोखिममा परेका हुन् । जोखिम मोलेर स्थानीय उत्तिसेनीमा वस्दै आएका छन् । वास वस्नका लागी अन्य ठाउँ नहुँदा जोखिम मोलेरै भएपनि आफ्नै गाउँ-ठाउँमा वस्दै आएको स्थानीयको भनाई छ ।
नौमूले गाउँपालिका दैलेखका अध्यक्ष भदे वुढा मगरले नौमूलेको उत्तिसेनी वस्तीका नागरिकका लागी बृहत कार्यक्रम वनाएर सुरक्षित स्थानमा सार्नका लागी पहल गरिरहेको वताए । अहिले पनि राहतको लागी पहल गरिरहेको भन्दै त्यस क्षेत्रका स्थानीयलाई सुरक्षित वासका लागि विभिन्न निकाय तथा संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेको अध्यक्ष वुढाको भनाई छ ।
उनले भने, ‘जोखीम वस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागी वस्ती विकासको सोच वनाएका छौँ । गाउँपालिकाका नागरिकको स्वास्थ्य, शिक्षा, गासवास, कपासको पहिलो जिम्मेवारी गाउँपालिकाको नै भएपनि गाउँपालिका एक्लैले केहि गर्न सकिने अवस्था नभएकाले विभिन्न सहयोगी संघसंस्था र तिनै तहका सरकारको सहकार्यमा वस्ती विकास गरी सुरक्षित स्थानमा सार्ने पहल गरीरहेका छौँ । साथै राहत पनि उपलव्ध गराईने छ ।’
गत वर्ष पहिरोको अनुगमन गरिएको नौमूले गाउँपालिका ४ कालिकाका अध्यक्ष गजवहादुर ढेंगाले वताए । अध्यक्ष ढेंगाले गतवर्ष गाउँपालिकाले केही राहत व्यवस्थापन गरेको भएपनि यसवर्ष उत्तिसेनीका स्थानीयको अवस्था दयनीय भएकाले विभिन्न संघ सस्थासँग राहतको लागि अनुरोध समेत गरे ।
कालिका उत्तिसेनीका २६ घरधुरीका नागरिक पहिरोले जमिन भासीन थालेपछि रातभर जाग्राम वस्ने गरेको स्थानीय सरिता वस्नेतले वताईन् । पहिरोले केहि घर वगाइसकेको छ उनले भनिन्, अन्य घर पहिरोको उच्च जोखिमममा रहेका छन् । सरीताले वस्ने वास र खाने गासको समेत टुङ्गो नभएको दुखेसो पोखिन् । सरिताले भनिन्, ‘पहिरोले वस्ती नै वगाउन लाग्यो हामीलाई गासवासको व्यवस्था मिलाइदिनु पर्‍यो सरकार । अव यहाँ कसरी वसौँ, कतिदिन आफन्तकोमा वसेर रात काट्ने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *