सरस्वती मावि तर्ताङका शिक्षकलाई ल्यापटप वितरण

मातृभूमी संवाददाता । ०३ भदौ दैलेख
कोरोना जोखिमका कारण सञ्चालन भैरहेका दैलेखका सरकारी तथा निजि विद्यालय पुनः वन्द भएका छन् । विद्यालय वन्द भएपछि वालवालिका र अभिभावकमा अन्योलता छाएको छ । गाउँवाट सदरमुकाम वालवालिका पढाउनकै लागी आएका अभिभावक विद्यालय वन्द भएपछि पुनः गाउँ फर्किन थालेका छन् ।
यता जिल्लाको नारायण नगरपालिका ८ तर्ताङ्गमा रहेको सरस्वती माध्यामिक विद्यालयले शिक्षण सिकाईमा सहजीकरण गर्न थालेको छ । विद्यालयले शिक्षण सिकाईमा सहजीकरण गर्न आफ्ना शिक्षकहरुलाई जिल्लामै पहिलो पटक ल्यापटप वितरण गरेको छ । कोरोनाको जोखिमका कारण विद्यालय र पठनपाठन वन्द भएपछि शिक्षण सिकाईमा सहजीकरण गर्न ल्यापटप वितरण गरिएको विद्यालयका प्राधानाध्यापक जीवराज तिमिल्सेनाले जानकारी दिए ।
कोरोना संक्रमणको जोखिमका कारण भौतिक रुपमा उपस्थीत भएर पठनपाठन गर्न नसकिने भएपछि विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको प्राधानाध्यापक तिमिल्सेनाले वताए । प्राधानाध्यापक तिमिल्सेनाले भने, ‘विद्यालयमा रहेको मौज्दात रकमवाट ५२ हजारका दरले ७ लाख ८० हजारमा १५ थान ल्यापटप किनेर शिक्षकलाई वितरण गरेका छौँ । ईमेल इन्टरनेटको पहुँच भएका वालवालिकाका लागी वैकल्पीक प्रविधिवाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिने छ । अन्य वालवालिकालाई कसरी शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने भन्ने विषयमा छलफल गरेर अगाडी वढ्ने छौँ ।’
ल्यापटप हस्तान्तरण गर्दै नारायण नगरपालिका वडा नं. ८ का अध्यक्ष दलवहादुर खत्रीले शिक्षक र विद्यार्थीले प्रविधिको प्रयोग गरी शिक्षण सिकाई गर्नुपर्ने धारणा राखे । वडाध्यक्ष खत्रीले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी वनाउन, सामाग्रीको सहि ढंगले प्रयोग गर्न आग्रह गर्दै शिक्षकले आफुलाई प्रविधिमैत्री वनाउँदै विद्यालय र विद्यार्थीलाई अव्वल वनाउन अनुरोध समेत गरे ।
पठनपाठन क्रियाकलापलाई प्रभावकारी वनाउन कर्णाली प्रदेश अन्तरगत दैलेख जिल्लाको सरस्वती माविले पहिलो प्रयास गरेको शिक्षा विकास तथा समन्वय ईकाइ दैलेखका प्रमुख तेजवहादुर थापाले वताए । ईकाइ प्रमुख थापाले भने, ‘सस्वती माविले गरेको यो प्रयास राम्रो छ । अन्य विद्यालयले समेत यस्ता खालका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । शिक्षण सिकाई क्रियाकलापलाई कसरी प्रभावकारी वनाउने भन्नेवारे जिल्लाका सम्पुणर् विद्यालयमा छलफल हुन जरुरी छ । सरस्वती माविले गरेको काम सह्रानीय र प्रशंसक योग्य छ ।’
यस्तै विद्यालयका सहायक प्राधानाध्यापक लोकेन्द्र जि.सी. कुमारले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी वनाउन ल्यापटप वितरण गरिएको भन्दै यसको समुचित ढंगले प्रयोग गरिने वताए । सहायक प्राधानाध्यापक जि.सी.ले समयको मागसँगै प्रविधिमैत्री वन्नुपर्नेमा जोड दिदै कोरोना कालपछि विद्यालयलाई अझै प्रविधिमैत्री वनाउन शिक्षकलाई वितरण गरिएका ल्यापटपले अझ थप हौसला मिल्नुका साथै सहयोगी सिद्ध हुने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *