टुङ्गियो कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद

मातृभूमी राजनितिक व्युराे । ०८ भदाै काठमाण्डाै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पाैडेललाई बुुझाएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन गएराति सभापति देउवालाई बुझाएको हो । देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

प्रतिवेदन बुझ्दै सभापति देउवाले अब सहमतिमा तलमाथि नगरि महाधिवेशन प्रक्रिया अगाडि बढाउने बताएका छन् । यसैबीच, जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको नामावली सार्वजनिक नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नामावली सार्वजनिक नभएपछि मङ्गलवारदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी छ ।

नामावली सार्वजनिक नभए मंगलवारदेखि केन्द्रीय कार्यालयमा धर्ना दिने उनीहरुको तयारी छ । आन्दोलन गर्ने चेतावनी पछि संस्थापन पक्षले प्राविधिक तयारी पूरा गरेर अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *