दैलेखमा आज रोपाइँ जात्रा मनाइँदै
मातृभूमी संवाददाता । ०८ भदाै दैलेख
आज (मंगलवार) रोपाइँ जात्रा मनाइँदै छ । गाईजात्राको भोलिपल्ट दैलेखमा रोपाइँ जात्रा मनाउने गरिन्छ । दैलेखकाे सवै भन्दा लामाे एक महिनासम्म संचालन हुने लाखे जात्रा अन्तरगत गाईजात्राको भोलिपल्ट राेपाइँ जात्रा मनाइने न्यु ज्वाला क्लव दैलेखका अध्यक्ष विशाल सुनारले वताए ।
यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ । विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गरेपनि दैलेखमा भने सवैकाे साझा जात्रा जस्तै भएकाे अध्यक्ष सुनारकाे भनाइ छ । धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ ।
तर ठाउँअनुसार फरक-फरक तरिकाले मनाउने चलन छ । टोलका मानिस भेला भएर विभिन्न बाजा बजाउँदै धान रोपे जस्तै गरेर नाच्ने गरिन्छ । दैलेखमा राेपार, वाउसे, गाेरू र हलि भएर राेपाइँ जात्रा मनाउने चलन रहेकाे अध्यक्षा सुनारकाे भनाइ छ ।