मिनि ट्रकको ठक्करवाट ९ वर्षिय बालकको मृत्यु
मातृभूमी संवाददाता । ०९ भदौ दैलेख
मिनी ट्रकको ठक्करबाट एक वालकको मृत्यु भएको छ । मिनि ट्रकको ठक्करवाट कणर्ाली राजमार्गमा एक वालकको ज्यान गएको हो । मिनि ट्रकको ठक्करवाट बुधवार दिउँसो १ बजे कणर्ाली राजमार्ग अन्र्तगत चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ पाल्तडा बजार स्थित सुर्खेत देखि अछाम तर्फ जाँदै गरेको भे १ ख ३४३८ नं. को मिनि ट्रकले पैदल यात्री आठबिस नगरपालिका २ का कबि खनालका छोरा ९ बर्षीय यगेन्द्र खनाललाई ठक्कर दिएको हो ।
मिनी ट्रकको ठक्करबाट खनालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । प्रहरीले सवारी चालक आठबिस नगरपालिका ३ का २६ बर्षीय साजन शाही र मिनि ट्रक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जनाएको छ ।