माओवादी केन्द्र दैलेखको ईन्चार्जमा बस्नेत मनोनित

मातृभूमी संवाददाता । ०९ भदौ दैलेख
नेकपा (माओवादी केन्द्र) दैलेख जिल्ला समन्वय समितिको ईन्चार्जमा कणर् वस्नेत मनोनित भएका छन् । सोमवार र मंगलवार वसेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति वैठकले पार्टीको आन्तरिक संगठन निर्माण गर्नका लागी जिल्लादेखी प्रदेश र केन्द्रिय विभागमा पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै वस्नेतलाई दैलेख ईन्चार्जको जिम्मेवारी दिईएको हो ।
लामो छलफल र विवादकावीच नेकपा (माओवादी केन्द्र) ले केन्द्रिय विभाग, प्रदेशका ईन्चार्ज, अध्यक्ष र जिल्ला पदाधिकारी टुङ्ग्याएको हो । केन्द्रिय समिति वैठकवाट नै प्रदेश ईन्चार्ज र अध्यक्ष टुङ्ग्याउने आवाज उठेपनि माओवादी केन्द्रले वैठक लम्विने भन्दै भदौ सोमवार र मंगलवार वसेको स्थायी समितिको वैठकले संगठनात्मक कार्य विभाजन गरेको हो ।
जसअन्र्तगत केन्द्रिय प्रशिक्षण विभागको ईन्चार्ज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । नारायणकाजी श्रेष्ठलाई प्रवास समिति ईन्चार्जको जिम्मेवारी दिंदा प्रवक्ताको जिम्मेवारी भने पुर्वसभामुख कृष्णवहादुर महरालाई दिईएको छ ।
यसैगरी आर्थिक विभागको जिम्मेवारी पुर्व अर्थ तथा उर्जा मन्त्री वर्षमान पुनलाई दिईएको छ भने संगठन विभागको जिम्मेवारी भने अर्थमन्त्री समेत रहेका जनार्दन शमाईलाई दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *