सरकार र पार्टी सञ्चालन गर्न नजान्दा एमालेमा अहिलेको परिमाण आयो : उपाध्यक्ष ज्ञवाली

मातृभूमी राजनितिक व्युरो । १६ भदौ दैलेख
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सरकार र पार्टी सञ्चालन गर्न नजान्दा अहिले यो परिमाण आएको बताएका छन् । नेकपा एमाले दैलेखले आयोजना गरेको जिल्ला भेलालाई बुधबार सदरमुकाममा सम्वोधन गर्दै उनले आफूहरुले सरकार र पार्टी चलाउन नसकेको स्वीकार गरे ।
जनताले नेकपालाई दुई तिहाई नजिकको जनमत दिए । सरकार बनायौँ । दुई पार्टी एक बनायौं । तर हामीले सरकार र पार्टी दुवै चलाउन सकेनौं ज्ञवालीले भने, ‘आफूले गर्न नजान्ने दोष जति अरुलाई लगायौं । नाँच्न नजान्ने आँगन टेढो भन्ने नेपाली उखानलाई हामीले चरितार्थ गर्‍यौं ।’
उनले समाजवाद भन्ने कुरा कुनै समुहका कारण नआउने बताउँदै मुलुकको बिकासका लागी एमालेको भुमिका महत्वपुणर् हुने भएकाले एमाले नेता कार्यकर्तालाई जनताका समस्या समाधान गर्न तर्फ एक जुट भएर लाग्न आग्रह समेत गरे ।
उनले संसार बदल्न लाग्नेहरु पहिले आफु बदलिनु पर्ने बताए । कम्युनिष्ट पार्टीको काम भनेको जनताको मुक्तिका लागि लड्नु रहेकाले अझै पनि मुलुकमा बर्ग संर्घस नसकिएको ज्ञवालीले वताए । कमिसन खाएर कम्युनिष्ट पार्टी नबन्ने बताउँदै ज्ञवालीले कम्युनिष्टले सत्ताको दुरुपयोग गर्न नहुने समेत धारणा राखे ।

दशबुँदेप्रति शंका नगर्नुहोस्

यस्तै, एमालेका कर्णाली प्रदेश सह-संयोजक यामलाल कंडेलले पार्टीका नेता कार्यकर्ताहरुलाई दशबुँदे प्रति आशंका नगर्न आग्रह गरेका छन् । विगत भूलेर नयाँ उर्जाका साथमा कम्युनिष्ट आन्दोलन बलियो बनाउन एमाले एक बनाउने अभियानमा होमीन नेता कार्यकर्तालाई सह-संयोजक कंडेलले आग्रह गरे ।
जिल्ला भेलालाई सम्वोधन गर्दै सह-संयोजक कंडेलले विगतमा यो वा त्यो पक्षका रुपमा आन्दोलनमा गएर विभिन्न पक्ष विपक्षमा आवाज उठाएपनि त्यसलाई भूलेर अब सम्पुणर् एमाले पंति एक भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
‘विगतमा हामीले जे गर्‍यौं, जे भन्यौं, त्यो भुलौं ।’ सह-संयोजक कंडेलले भने, ‘दशबुँदे सहमति पछि कोही पनि जिम्मेवार विहीन हुनुपर्ने छैन ।’ यहाँहरुको मान मद्र्धन सम्मानमा धक्का नपुग्ने गरी सबै कार्यकर्ताको मनोभावना अनुरुप उचित जिम्मेवारी प्रदान गर्दै पार्टीलाई गतिशिल बनाउन लाग्नु पर्ने बताए ।

साइनबोर्ड झुण्ड्याउँदैमा पार्टी बन्दैन : रिजाल

नेकपा एमाालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले साइनबोर्ड झुण्ड्याउँदैमा पार्टी नबन्ने बताएका छन् । एमालेको दैलेख भेलालाई सम्वोधन गर्ने क्रममा रिजालले पार्टीको विचार धारालाई संगठनको आधारमा उभ्याउन सकेको खण्डमा मात्रै पार्टी बन्ने बताए ।
‘पार्टी बन्ने भनेको कार्यकर्ताकै सक्रियताले हो । हामी जति सक्रिय हुन्छौं । हामीले जति जनतालाई संगठित बनाउन सक्छौं, साथै आफूलाई आफ्नो समूदायको नेताको रुपमा आफूलाई उभ्याउन सक्छौं तबमात्रै पार्टी बनाउन सक्छौं’ रिजालले भने ।
पछिल्लो समयमा काँग्रेसले एमालेबाट गएकाहरुलाई माया गरेको भनेको गैंडाले माया गरेजस्तो गरेर विस्तारै माया गरेर चाटेर रगत निकाल्ने गरेको बताउँदै रिजालले रगत चाटेपछि मात्रै उनीहरुले परिमाण भोग्ने बताए । पार्टी भित्र अन्तर विरोध हुने भन्दै अन्तर विरोध हुँदैमा पार्टी फोड्दै जानु गलत भएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *