खाेलाले बगाएकी अपरिचित महिलाकाे शव फेला

मातृभूमी संवाददाता । १६ भदाै दैलेख
गुराँस गाउँपालिका ५ गाेगनपानीमा भैरी खाेलाले बगाएर ज्यान गुमाएकी अन्दाजी २० वर्षकी अपरिचित महिलाको शव फेला परेकाे प्रहरीले जनाएको छ । भैरी खाेलाले बगाएर ल्याएकाे ती महिलाकाे शव पराजुली खाेलामा नपुग्दै व्युराखेत नजिक भैरी खाेलाकाे किनारमा फेला परेकाे दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए ।
गाेगनपानी, पिलाडी, लालीकाँडा र अवलपराजुलबाट हराएका काेही छन् कि भनेर खाेजबिन गर्दा समेत पत्ता नलागेकाेले बाहिर कतैबाट आएकी हुन सक्ने डीएसपी श्रेष्ठले बताए । गाैतमबुद्धकाे चित्र अंकित खैराे टीसर्ट र सुरुवाल लगाएकाे अवस्थामा फेला परेकाे ती मृृत महिलाकाे शव पाेष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *