वडामुकाम पुग्ने सडक मर्मत गर्दै नौमूले गाउँपालिका

मातृभूमी संवाददाता । १६ भदौ दैलेख
दैलेखको उत्तरपुर्वमा पर्ने नौमूले गाउँपालिकाले स्थानीय शाखा सडक मर्मत गर्न शुरु गरेको छ । नौमूले गाउँपालिकादेखी वडामुकाम सम्म पुग्ने शाखा सडक मर्मत गर्न शुरु गरेको हो । वर्षातको समयमा पानीले गाडी चल्न नसक्ने गरी विग्रीएका सडकको मर्मत गर्न शुरु गरेको गाउँपालिकाले जनाएको छ ।
वर्षातको समयमा विग्रीएका शाखा सडकहरु वर्षात केहि कमी भएसँगै मर्मत गर्न शुरु गरिएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष वुढाका अनुसार वर्षातको समयमा पानीले शाखा सडकहरु विग्रीएर गाडी चल्न नसक्दा स्थानीयले दुःख पाएको र अव वर्षात पनि केहि कम भएकाले वडामुकाम सम्म गाडी संचालन गर्न सकिने गरी सडक मर्मत गर्न थालिएको हो ।
गाउँपालिकाका अध्यक्ष वुढाले भने, ‘पानीले सडक विगारेर पैदल यात्रु समेत हिड्न नसक्ने भएको थियो । हामीले यो वर्षातको समयमा जेनतेन चलायौँ । अव पानी पर्न पनि केहि कमी भएको छ । पानी पर्न केहि कमी भएसँगै यहाँका शाखा सडकहरु मर्मत गर्न थालेका छौँ । सडक मर्मत गरेर वडामुकाम सम्म सवारी साधन पुर्‍याउन लागी रहेका छौँ ।’
उनले नौमूलेका नागरिकको समस्या वुझेर छिटो भन्दा छिटो सडक मर्मत गरी गाडी चल्ने वनाईने वताए । अध्यक्ष वुढाले जतिसक्दो चाँडो नौमूले गाउँपालिकाका ८ वडै वडाका मुकाम पुग्ने सडक मर्मत गरी सवारी साधन पुर्‍याई नागरिकलाई सेवा दिने समेत वताए । हरेक जनप्रतिनिधीले नागरिकको समस्या वुझेर सोहि वमोजिम काम गर्नुपर्ने धारणा राखे ।
गाउँपालिकाका अध्यक्ष भदे वुढा मगर र गाउँपालिकाका जनप्रतिनिधीको प्रत्यक्ष निगरानीमा सडक मर्मत कार्य भैरहेको गाउँपालिकाका प्रेश सल्लाहकार महेन्द्र सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *