कांग्रेसको वडा अधिवेशन शुरू, ५६ जिल्लाको तयारी पुरा, ४० जिल्लामा अधिवेशन हुँदै

मातृभूमी राजनितिक व्युराे । १८ भदाै काठमाण्डाै

सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शुक्रवारबाट वडा अधिवेशन सुरु हुँदैछ । विहिवार साँझसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले पाएको छ ।

ती ५६ मध्ये कम्तिमा ४० जिल्लामा शुक्रवार एकसाथ वडा अधिवेनश हुनेछ । तर क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक गर्न बाँकी २१ जिल्लाको अधिवेशन कहिले हुन्छ भन्ने प्रश्न उठेको छ । यही विवादले आसन्न १४ औं महाधिवेशन अनिश्चित बन्ने त होइन भन्ने त्रास कांग्रेसजनमा रहेको छ ।

२१ जिल्लाको क्रियाशील सूची नपाउँदा कांग्रेसको निर्वाचन समिति अन्योलमा छ । महादेव यादवको संयोजकत्वमा रहेको समितिले चार चरणमा गरेर ५६ जिल्लाका लागि निर्वाचन अधिकृत तोकेको छ । तोकिएका अधिकृतहरू जिल्ला पुगेर आज हुने वडा अधिवेशनमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *