कांग्रेसकी कान्छी सभापति
मातृभूमी राजनितिक व्युराे । १९ भदौ दैलेख
दैलेखकी एक युवती यतिबेला कांग्रेसको वडा अधिवेशन जारी रहेको समयमा सामाजिक सञ्जालमा भाइरल भईन् । शुक्रवार दैलेखमा वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनमा अधिकांश नयाँ अनुहारका नेता कार्यकर्ता आएका छन् । उमेरले १९ वर्ष मात्रै पुगेकी १९ वर्षिया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नं. ३ मा सभापति चयन भएकी छिन् । उनी स्वास्थ्य सहायक
(एचए) अध्ययनरत छात्रा पनि हुन् ।
उनका पिता भुपेन्द्रजंग महत कांग्रेस दैलेखमा अघिल्लो कार्यकालमा उपसभापति भएका थिए । त्यसअघि उनी नेपाल विद्यार्थी संघका पूर्वजिल्ला सभापति, नेपाल तरुण दलका जिल्ला कार्यसमितिका सभापति भइसकेका थिए । उनी एक कार्यकाल पार्टीको कोषाध्यक्ष समेत बनिसकेका थिए । उनको डेढ वर्ष पहिले मात्रै भारतको मुम्बईमा उपचारको क्रममा मृत्यु भएको थियो । स्वस्तिकाका पिता नेविसंघ र तरुण दलमा हुँदा शेरबहादुर देउवा निकट थिए भने पछिल्लो समयमा उनी रामचन्द्र पौडेल निकटमा थिए ।
यसमा मेरो अन्य कुनै सर्त वा लाभ हानि भन्ने होइन । नेपाली कांग्रेसको विरासत अनुसार आफ्ना वडावासीको सपना पुरा गर्नका लागि आफु राजनितिमा होमिएको सभापति स्वस्तिमाले वताईन् ।
उनले भनिन्, ‘राजनीति नै सबै नीतिको मूल नीति हो भनेर मेरो बाबाले मलाई भन्नुभएको थियो । त्यहि अनुसार राजनीतिक यात्रा गरेर मात्रै म गाँउको सेवा गर्न सक्छु भनेर यहाँ लागेकी हुँ ।’
उनले अगाडी भनिन्, ‘म नेपाली कांग्रेसलाई असाध्यै माया गर्छु । मेरो घरमा विगतमा कांग्रेसका नेताहरु आइरहनुहुन्थ्यो । बाबा राजनीतिक व्यक्ति भएकै कारणले म मा राजनीतिप्रति आस्था जागेको थियो । सोही बमोजिम मैले वडा सभापतिमा दावी गरेको हुँ । म सँगै दशजना अन्य प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो । मैले सबैलाई कन्भिन्स गरें । सबैले मलाई सभापतिमा अवसर दिनुभयो । म सवैलाई धन्यवाद दिन चाहान्छु ।’