भत्कियो एमाले केन्द्रिय सदस्य एवं विदेश विभाग उपप्रमुख रिजालको किल्ला

मातृभूमी राजनितिक व्युराे । २० भदौ दैलेख
दैलेखको भैरवी गाउँपालिकाका ३ जना जनप्रतिनिधीले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । भैरवी गाउँपालिका वडा नं. ४ का वडा सदस्य खगेन्द्र खनाल र महिला सदस्य पानसरा थापा तथा भैरवी गाउँपालिका वडा नं. ५ का सदस्य विष्णु जैसीले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
भैरवी गाउँपालिका ५ का वडा सदस्य विष्णु जैसीले एकीकृत समाजवादी रोजेसँगै उक्त वडामा एमालेका जनप्रतिनिधी निल भएका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट वडा सदस्य जित्ने जैसी एक्ला हुन् । नेकपा एमालेवाट वडाध्यक्ष लगाएत सवै सदस्य पराजित हुँदा जैसी एक्लै विजयी भएका थिए ।
भैरवी गाउँपालिका वडा नं. ५ नेकपा एमालेका केन्द्रिय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालको वडा समेत हो । रिजालको वडामा एमालेका एकमात्र जनप्रतिनिधी रहेका जैसीले एकीकृत समाजवादी रोजेपछि उक्त वडामा एमाले निल भएको भैरवीका स्थानीयवासी एवं नेकपा (एकीकृत समाजबादी) का नेता आशिष थापाले वताए ।
थापाले भने, ‘त्यति मात्र हैन नेकपा एमाले दैलेखका सचिवालय सदस्य हिक्मत विश्वकर्माको वडा समेत रहेको भैरवी गाउँपालिका ४ का वडा सदस्य पानसरा र खगेन्द्रले समेत एकीकृत समाजवादी रोज्नु भएको छ । यी दुई वडामा एकीकृत समाजवादी वलियो छ । एमालेका केन्द्रिय सदस्य एवं विदेश विभाग उपप्रमुख रिजालको वडावाट विजयी एकमात्र वडा सदस्य समेतले समाजवादी रोजेपछि रिजालको किल्ला समेत तोडिएको छ ।’
यसैगरी भैरवीवाट नेकपा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिको अंहकार, दम्भ र ओली प्रवृतिका विरुद्ध उभिएको वताएका छन् । उनीहरुले सधै ओलि प्रवृतिको विरोध गरिरहेको समेत वताए । ओली सामान्ती, निरंकुश र व्याभिचारी भएको आरोप समेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *