नारायण नगरपालिका ७ का विपन्न परिवारलाई राहत वितरण
मातृभूमी संवाददाता । २२ भदौ दैलेख
नारायण नगरपालीका ७ का एकल महिला र विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ । नेपाली नारीहरुको महान चाड हरितालीका तिजको अवसर पारेर दैलेखमा आर्थीक अवस्था कमजोर भएका एकल महिला र विपन्न घरपरिवारलाई राहत वितरण गरिएको हो ।
नारायण नगरपालीका २ जाहारकोट घर भई हाल अमेरीकाको भर्जिनियामा बस्दै आएकी समाजसेवी जयन्ती थापाको आर्थीक सहयोगमा नारायण नगरपालिका ७ का एकल महिला र विपन्न घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको शिक्षक, कलाकार तथा समाजसेवी लोकेन्द्र जिसि कुमारले जानकारी दिए ।
शिक्षक, कलाकार तथा समाजसेवी जिसीको पहल र अगुवाईमा सदरमुकामको राममन्दीरमा उनीहरुलाई राहत वितरण गरिएको हो । दैलेखको नारायण नगरपालीका ७ का एकल महिला र आर्थीक अवस्था कमजोर भएका घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको शिक्षक तथा कलाकार समाजसेवी जिसिले वताए ।
नेपाली नारीहरुको महान पर्व तिजको अवसर पारेर प्रति परिवार १ बोरा चामल, १ केजी नून, १ केजी दाल र १ लिटर तेल वितरण गरिएको छ । राहात वितरणका क्रममा शिक्षक तथा कलाकार समाजसेवी जिसिले आर्थीक रुपले अती विपन्न परिवारलाई सहयता गर्नु सराहनीय कार्य भएको बताए ।
समाजसेवी थापाले हालसम्म देशका अधीकांश विपन्न परिवारका सदस्यलाई यसरी नै राहत स्वरुप सहयोग गरिसकेको र यसै अभियान अन्र्तगत मंगलवार दैलेखका विपन्न परिवारलाई सहयोग गरेको जानकारी दिए ।
यस्तै खाद्यान्न सामग्री बुझ्दै विपन्न परिवारका सदस्यहरुले समाजसेवी तथा सहयोगी जयन्ती थापाप्रती आभार व्यक्त गरेका छन् । तिज नजीकीदै गर्दा घरमा के खाने भन्ने चिन्तामा आफुहरु रहेको समयमा राहत स्वरुप खाद्यान्न पाएपछि आफुहरुलाई नीकै खुसी लागेको उनीहरुले बताए ।
राहत उपलव्ध गराई दिने समाजसेवी जयन्ती थापा र सहजिकरण गरिदिने शिक्षक तथा कलाकार समाजसेवी लोकेन्द्र जिसि कुमारलाई उनीहरुले धन्यवाद समेत दिएका छन् ।