माधवकुमार नेपाल माओवादि र कांग्रेसको पुच्छर बने : अध्यक्ष शर्मा

मातृभूमी राजनितिक व्युरो । २२ भदौ दैलेख
नेपाल कम्नियुष्ट पार्टी (एमाले) दैलेखका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य रविन्द्रराज शर्माले माधव कुमार नेपाल माओवादि र कांग्रेसको पुच्छर बनेको बताएका छन् । मंगलबार किसान महासंघ दैलेखको भेलालाई सदरमुकाममा सम्बोधन गर्दै शर्माले नेपालमा कम्युनिष्ट एकता भत्काउने प्रयास गर्दै नेपाल अरु कसैको पुच्छर बनेको आरोप लगाए ।
ओलि सरकारले जनताका लागि काम गर्न खोज्दा केहि पार्टी भित्रका बिकास बिरोधि व्यक्तिहरुले सरकार सञ्चालन गर्न नदिएर देशलाई राजनितिक भुमरीमा फसाएको उनको आरोप छ । प्रचण्ड र माधव नेपालले बिदेशी शक्तीका सामु नेपालमा कम्नियुष्ट एकता भत्काउने कसम खाएकाले पार्टी एकतामा समस्या पैदा भएको उनले बताए ।
सम्बोधनका क्रममा प्रतिनीधीसभा सदस्य शर्माले अहिलेको तत्कालिन आबश्यत्ता भनेको पार्टीलाई एक बनाएर अघि बढ्नु पर्ने रहेको बताए । यस्तै, एमाले नेता बिनोद कुमार शाहले उत्पादन मुलक कृषि पेसालाई आत्मसाथ गर्दै अघि बढ्न किसानहरुलाई सुझाव दिए ।
शाहले केपि ओली सरकार जनताबाट अनुबन्धित भएको भए पनि आफ्नै पार्टी भित्रका केहि नेताको व्यक्तिगत स्वार्थका कारण कम्नियुष्टको सरकार ढालेर कांग्रेसको सरकार ल्याएको आरोप लगाए । भेलालाई सम्बोधनका क्रममा उनले देशभरका किसान एक भएर झगडा भन्दा पनि बैचारीक हिसावले पार्टीलाई अगाढि बढाउनु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *