दैलेखमा आत्महत्या गर्नेको संख्या बर्षेनी वढ्दो

मातृभूमी संवाददाता । २५ भदौ दैलेख
सेप्टेम्वर १० तारिक अर्थात बिश्व आत्महत्या रोकथाम सम्वन्धी दिवस हो । सरोकारवाला निकायले यो दिवस जनचेतनामूलक गतिविधि गरेर मनाएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसीले सदरमुकाममा ‘कार्य मार्फत आशाको सिर्जना’ विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गर्‍यो ।
प्रतियोगितामा बसन्त मावि किमुगाउँकी छात्रा निशा रावल प्रथम, रेडक्रस मावि भूर्तीकी मनिषा न्यौपाने द्वितीय, त्रिभुवन मावि दैलेख बजारकी कुन्ती खनाल र सोही विद्यालयका मधु थापाले सान्त्वना स्थान हासिल गरी बस्तुपरक पुरस्कार पाए ।
पछिल्लो समय आत्महत्या गर्नेहरु युवाको संख्या बढ्न थालेका कारण बिद्यार्थी अर्थात युवाहरुको यो प्रतियोगितामा सहभागिता गराइएको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले बताए । युवाहरुको सहभागिताले आत्महत्या रोकथाममा सहयोग पुग्ने उनले बिश्वास व्यक्त गरे ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसीका मनोपरामर्शकर्ता अम्विका पुलामी परिवारका सदस्यहरुले पहल कदमी बढाउन सके आत्महत्या रोकथाममा महत्वपूणर् सहयोग बताइन् । मानसिक तनाव भोगेहरुकालाई प्रेरणा र आत्मविश्वास आत्मबल बढाउने काममा परिवारका सदस्य बाहेक समाज सरोकारवालाहरुले सहयोग पुर्‍याउनुपर्ने आवश्यकता औल्याइन् ।
कार्यक्रममा दैलेख अदालतका बाल मनोविज्ञ अमर सुनारले आत्महत्या रोकथाममा परिवारका सदस्यहरुकै भूमिका बढाउन मुलुकी अपराध सहिंतामा कसैका कारणले कुनै व्यक्तिले आत्महत्या गरे आरोपितलाई एकदेखि पाँच वर्ष कैद हुन सक्ने कानूनी व्यववस्था रहेको वताए । उनले आत्महत्या रोकथाममा परिवारका सदस्यहरुले भूमिका निर्वाह नगरेकै कारण एक सदस्यले आत्महत्या गरी ज्यान हालेका कतिपय घटनाहरुमा परिवारजनले दुरुत्साहनको मुद्दा खेप्नु परेको उल्लेख गरे ।
प्रहरीको तथ्यांक अनुसार दैलेखमा आर्थिक वर्ष २०७४/०७५ मा २९ जना, आर्थिक वर्ष २०७५/०७६ मा ३६ जना, आर्थिक वर्ष २०७६/०७७ मा ४३ जना र अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ४८ जनाले आत्महत्या गरेको देखिएको छ । यसमा १६ देखि २४ वर्ष उमेर समूहका युवाहरुको संख्या आधा जति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *