संसदमा के ल्याएको हो भन्ने पनि थाहा छैन : बाँस्कोटा

मातृभूमी राजनीतिक ब्यूरो । २६ भदौ काठमाण्डौ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले शुक्रबार संसदमा के भएको भन्नेबारे आफू अनविज्ञ रहेको बताएका छन् ।

बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै उनले संसदमा शुक्रबार के ल्याएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताए । उनले भने, ‘संसदमा के ल्याको हो मलाई केही थाहा छैन ।’

सांसद बाँस्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भुमिका पनि निर्वाह नभएको भन्दै आलोचना गरे । सभामुख अग्निप्रसाद सापकोटाले असमान व्यवहार गरेको र आफुहरूप्रति असहिष्णु व्यवहार गरेको भन्दै उनले सभामुखलाई मान्न नसकिने बताए ।

सभामुखको गलत कामको आफूहरूले विरोध गरेको सांसद बाँस्कोटाको भनाइ छ । उनले भने, ‘त्यो कुर्सिमा बसिरहँदाखेरी सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध त्यसप्रति हो ।’

सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसका सदस्यहरूलाई समेत कार्यसूची र एजेण्डा निदएको सांसद बाँस्कोटाको आरोप छ । उनले भने, ‘हामीले अवरोध गर्न खोज्या हो र ? उहाँको तरीका गलत भयो त्यसको विरोध गरेको हो । प्रतिवाद गरेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *