दैलेख जिल्ला प्रशासन कार्य सम्पादन मुल्यांकनको पुछारमा

मातृभूमी संवाददाता । २६ भदौ दैलेख
दैलेख जिल्ला प्रशासन कार्यालय कार्य सम्पादन मुल्यांकनमा पछाडी परेको छ । गृह मन्त्रालयको बार्षिक कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय दैलेख पछाडी परेको हो । गृह सचिब र प्रमुख जिल्ला अधिकारीबीच गरिएको करार बार्षिक सम्झौता अनुसार दैलेख जिल्ला प्रशासन कार्यालय पछाडी परेको जनाईएको छ ।
आ.व. २०७७/०७८ मा गृह सचिब र प्रमुख जिल्ला अधिकारीबीच गरिएको करार बार्षिक सम्झौता अनुसार कार्य सम्पादन मुल्यांकन गरिएको थियो । मन्त्रालयको नीति, योजना अनुगमन तथा मुल्यांकन महाशाखाबाट गरिएको मुल्यांकन अनुसार दैलेख सबै भन्दा पछाडी परेको जनाईएको छ ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन तथा सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन समन्वय तथा सदाचार र आर्थिक अनुशासन गरी ६ वटा बिषयगत क्षेत्रमा गृहले मुल्यांकन गरेको थियो । जिल्लामा कार्य सम्पादन बमोजिम कार्य नभएकोले दैलेख पछाडि परेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले यहि भदौ २३ गते जारी गरेको सूचनामा मन्त्रालयको नीति, योजना अनुगमन तथा मुल्यांकन महाशाखाले झाँपा, अर्घाखाँची र रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयलाई अति उत्कृष्टमा राखेर छ ।
यस्तै मन्त्रालयले कणर्ाली प्रदेशका जाजरकोट, हुम्ला, कालिकोट, रुकुम पश्चिम जिल्ला प्रशासनलाई उत्कृष्ट दोस्रो स्थानमा राखेको छ । त्यस्तै कणर्ालीकै सुर्खेत र जुम्ला जिल्ला प्रशासन कार्यालयलाई तेस्रो स्थानमा रहेका छन् । सल्यान र मुगु जिल्ला प्रशासनले चौंथो स्थान हासिल गरेका छन् । त्यसैगरी कणर्ाली प्रदेशका दैलेख र डोल्पा जिल्ला प्रशासन कार्य सम्पादन मुल्यांकनमा न्युन भएर पाँचौ स्थान रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *