एमसीसी पारितपछिको आशंका

पेशल आचार्य
नेकपा तीन फ्याक परेर कांग्रेस सभापति शेरबहादुर देउवालाई यो गठबन्धनको नेतृत्व गर्ने मौका जुरेको हो । गएको तीनवटै चुनावमा नेपाली कांग्रेसको लगभग सर्मना कहार भएकै हो । देउवाको बुद्धि र संगठनले कांग्रेसलाई अग्रगामी भूमिका दिलाउन हिजो पनि सकेन अब आगामी दिनमा पनि सक्छ भनेर ठोकुवा गर्ने कुनै दर्बिलो आधार देखिएको छैन । कांग्रेसमा यतिखेर कुनै राजनीतिकर विकासे ‘इसु’ छैनन् । राजनीतिमा कुनै ठोस इसुहरु नभइकन चुनावमा धमाकेदार प्रस्तुति दिनै सकिँदैन ।

यो कुरा अघिल्लो चुनावमा नेकपाले गरेको सपनाको बेपारले भलिभाँती देखाएकै हो । विगतमा प्रचण्ड र ओलीले देशलाई नयाँ दिशा दिन नसकेकै हुन् । पदीय झगडामा लागेर दुवैले दुवैलाई बाँकी नराखी सिध्याएकै हो । यो कुरा अब जनतालाई कसैले बुझाइरहनु पर्दैन । यतिखेर अर्को कुरा छर्लङ्ग भयो कि कांग्रेसले नेकपाको कलहमा सत्ताकोे चालक बन्ने अवसर पाएको हो ।

यो अवसरलाई कांग्रेसले भलि भाँती बुद्धि पुर्‍याएर दैनिक चलाउने शासन र आउँदो चुनावमा प्रयोग गर्‍यो भने मात्र उ आगामी निर्वाचनबाट केन्द्रीय सरकारको नेतृत्व गर्न सक्ने पार्टीमा पुग्छ नत्र कथम् एमाले र माओवादीको फेरि पनि हुन सक्ने मित्रता पूर्ण मिलापको चेपुवामा पर्‍यो भने उही रुझेको मुसो हुनुपर्ने निश्चित प्रायःछ ।

यो देशमा बाहरूको कुनै कमि छैन । बार्दली बाहरू जान्छन् र भरेङ् बाहरू आउँछन् । अहिलेको कम्फर्ट सरकारका‘भरेङ् बा’अर्थात् देउवाले देशलाई सही दिशा देलान् र सम्वृद्धि र विकास तर्फको यात्रामा अघि बढाउलान् भन्ने कुरा नसोच्दा पनि हुन्छ ।

जसले जाबो मन्त्रीमण्डल पूरा गर्न सक्दैन उसले देशका लागि तर क्कीगर्ला भनेर पत्याउने कसरी ? देशलाई जोगाएर आगामी चुनाव मार्फत् शान्तिपूर्ण रूपमा सरकार हस्तान्तरण गरे भने उनी, उनको पार्टी र जनताका लागि त्यो अहोभाग्य हुने छ । तर त्यो होला जस्तो देखिएको छैन ।

गएको हप्ता सरकारले गृह मन्त्रालयको लेटर प्याडमा दुईवटा प्रेस वक्तत्व जारी गर्‍यो जसको मजबुन थियो ‘जनताले मित्र राष्ट्रहरूकाबारे मान बुझीन बोल्नु ।’ एउटा सन्दर्भ भारतीय एसएसबीले महाकाली नदीमाथि टाँगिएको तुइन काटिदिएर महाकाली तर्दै गरेका दार्चुलाका जयसिँह धामीको अनाहकमा गरेको हत्या, भारतीय हेलिकप्टर विना कारण नेपाली आकाशमा उडेको विषयलाई जनताले स्वतःस्फूर्त रुपमा गरेको विरोध र अर्को अहिलेको जल्दोबल्दो विषय एमसीसीमा भएको विरोधमा जनताले प्रयोग गरेको विरोधका विविध शैली ।

यो सरकार भारत र अमेरिकाको इन्ट्रेष्टमा परमादेशबाट बनेको भन्ने कुरा जग जागेर छ । त्यसैले यसले कुनै इसुमा पनि भारत र अमेरिकाको विरोध गर्दैन । ओलीले गएको संसद अधिवेशनमा वर्तमान सरकारलाई लगाएका आरोपहरुमा पूर्ण असत्यता नदेखिने सिनारियो आइसक्यो अब ।

यो वात्यो बहानामा सरकारले ५५ अरबको एमसीसीलाई संसदबाटै पास गराउने भैसक्यो । तर एनसेलले मुनाफा कर बापत नेपाल सरकारलाई तिर्नु पर्ने ७२ अरब पैसा उठाउन नसकेर यतिखेर सरकारलाई कर उठाउने सवालमा कमिलालाई मुतको पैरो भएको स्थितिमा नाथे ५५ अबर वर्तमान नेपाली जनसंख्यालाई बराबरी भाग लगाउँदा १८३३ रुपैयाँ भाग लाग्छ । देशको विकास गर्छु भनेर सरकारले जनतासँग हात थाप्ने हो भने त्यो १८३३ प्रति व्यक्ति लागत जनता राष्ट्र निर्माणका लागि स्वतःतिर्न आतुर छन् ।

वर्तमान गठबन्धन भित्रका पार्टीहरू चारैतिर मुख फर्काएका देखिन्छन् । रमाइलो कुरा त कांग्रेस, माओवादी, नेकपा समाजवादी, जनता समाजवादी र जनमोर्चाका कुराहरू सुन्ने हो भने एमसीसी पास होला जस्तो देखिँदैन । ओलीले त पुरानो नेपाली उखान सम्झाएका छन् –सर्प देख्दा पाखामा हात, माछा देख्दा दुलामा हात ।

यो कुनै राजनीतिक अडान होइन । खासमा अहिले एमाले उपाध्यक्ष भीम रावलको दुईजीब्रे बोली, ओलीको प्रतिपक्षी अडान र सरकारको जे जसरी हुन्छ एमसीसी पास गरि छाड्ने भन्ने कुराले देश क्रमशः मुठ भेडको दिशामा जाँदैछ भन्ने भान भएको छ ।

ताजुब लाग्दो कुरा त अहिले युवाहरूलाई एमसीसी चाहिएको छैन । पेसेवर कुनै नेपालीलाई समेत एमसीसी चाहिएको छैन । मात्र राजनीति गर्ने र ६० काटेका केही दर्जन बूढा नेताहरूलाई मात्र एमसीसी चाहिएको छ । यो चाहतले देश भोलि फिजी, अफगानिस्तान र सिरिया त हुने होइन भन्ने आशंका पैदा भएको छ ।

देउवाले त सार्वजनिक रुपमै भनिसके –‘एमसीसीबारे बुझ्नेले मात्र बोल्नुस्, नबुझ्नेले बोल्दै नबोल्न्ुस् ।’

जनतालाई संविधानले नै प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको हकमा त्यसरी सरकारका प्रमुखले बन्देज लगाउनु भनेको सारै सर्मनाक अवस्था हो । यही पेलानको शैलीबाट करिब दुई तिहाइका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक आन्दोलन र जनताको निरन्तर दाबावले सत्ताबाट बढारेर झार्‍यो भने देउवाको हैसियत त कुनै पनि बेला गठबन्धन टुटेरतासको सत्ता ढल्न सक्छ ।
अफगानिस्तानमा २३ खर्ब लगानी गरेर र अमेरिका ब्याक हुन बाध्य हुनुपर्‍यो भने एमसीसीका नाममा नेपाली नेताहरुले खाएको अमेरिकीहरुको विष्टाले कारान्तरमा नेपाल युद्धको रणभूमि नहोला भन्न सकिन्न । अफगानिस्तानका पूर्व मन्त्री यतिखेर जर्मनीमा पिज्जा बेच्ने गरेको समाचार केही दिन अघि भाइरल भएको थियो । यो अवस्था नेपाली नेताहरूको नहोला भन्न सकिन्नँ ।

अहिले एमसीसीका पक्षमा नानीदेखिको बल लगाएर कराउने रामशरण महत जस्ताले भोलि जनतासँग माफी माग्दा माफी नपाउने अवस्था आउन सक्छ । बेलैमा यसतर्फ होसियार हुनु जरुरी भएको छ । अर्को तर्क पनि यतिखेर एमसीसी विरोधीहरूले राखि रहेका छन् ।

देशले खरबौं खरबको अनुदान र ऋण यसअघि विदेशी दातृ राष्ट्र, एडिबी र विश्व बैंकसँग लिँदा सरकार टु सरकार हस्ताक्षर गरेर लिन मिल्ने अनि यही एउटा एमसीसी चाहिँ संसदबाट पास गराएर लिनु पर्ने भएमा जनताले एमसीसीको ग्य्राण्ड डिजायनले नै नेकपा र एमालेबाट समाजवादीलाई अलग्याएको भन्ने अर्थ लगाउने छन् । यदि यसो भयो भने नेपालमा जोर जुलुमसँग एमसीसी पास गराएको दिनदेखि फेरि आन्दोलन, खुनखराबा र तोडफोडका घटनाहरूले प्राथमिकता पाउने छन् ।

देश कोरोनाले भया क्रान्त भैरहेको अवस्थामा राजनीतिक कोर्स नै करेक्सन हुने गरी फेरि नयाँ दिसामा लाग्यो भने नेपालको पाँच दस वर्षको राजनीतिकयात्रा फेरि अनावश्यक रुपमा भुत्लिन सक्छ । यसतर्फ देशका ठालु राजनीतिक पार्टीहरूले बेलैमा बुद्धि पुर्‍याउनु आवश्यक छ । अहिले एमाले फुटको असर जसरी प्रदेश र स्थानीय निकायसम्मै पुगेको देखियो त्यो बेला एमसीसी पास गराउँदा देशमा अहसज परिस्थितिन आउला भन्न सकिन्नँ ।

पूरै एमाले पार्टी विरोधको शेरगुलखिलाई रहेको छ । उसले गर्ने विरोधले भविष्यमा के कस्तो सडक तथा सदन आन्दोलनको शैली तय गर्नेछ सो मार्गले समेत नेपालको भविष्यको राजनीतिक यात्रा डोहोर्‍याउने निश्चित प्रायः छ । सबैले बुद्धि पुर्‍याएर निर्णय नलिएमा देश बर्वादीको दिशातर्फ त जान्छ नै अझ जनताले दुःख पाउने निश्चित जस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *