मध्यपहाडी राजमार्ग अन्तरगत दुल्लु-चामुण्डा खण्डमा ठेकेदारको चरम लापरवाही

मातृभूमी संवाददाता । ०२ असोज दैलेख
मध्यपहाडी (पुष्पलाल) राजमार्गको दैलेख खण्ड अन्तरगत दूल्लु जिरो प्वइट देखि चामुण्डा विन्द्रासैनीको रामघाट खण्ड कालो पत्रेकोे बहानामा चरम लापरवाही भएको पाईएको छ ।
राजमार्गको यस खण्डमा ठेकादारको चरम लापरवाही र कोभिड-१९ को बहानामा कालो पत्रेको काममा ढिला सुस्ती भएकाे स्थानीयले वताएका छन् । यस सडक खण्डमा पप्पु कन्स्ट्रक्सन, हाई हिमालय जेभिले निर्माणको जिम्मा लिएको छ ।
अन्तिम आर्थिक वर्षमा चामुण्डा विन्द्रासैनी नगरपालिकाले गिटी र मोरंग समयमा उपलब्ध नगराएको कारण देखाई म्याद थपेको निर्माण कम्पनिले समयमा काम सक्नु पर्ने वाध्यता कारण गुस्तरहिन काम गरिरहेको स्थानीयले आरोप लगाएका छन् ।
यस सडक खण्डमा न्युन गुणस्तरको मोरंग प्रयोग भएको र नियामानुसार सव वेश र वेशमा मापदण्ड अनुसारको ग्राभेल प्रयोग नभएको एक प्राविधिकले नाम नछाप्ने शर्तमा वताए । मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका कार्यालय प्रमुख इन्जिनियर अर्जुन बमका अनुसार आफ्ना प्राविधिक साइडमा रहेको बताए ।
राजमार्ग आयोजना कार्यालयका साईड प्राविधिक महेश वि.क.लाई सम्पर्क गर्दा उनले गिट्टीको साइज नाप्न कुन मेशिन ल्याउने, गिट्टीको साइज नाप्ने मैले हो त्यो ठिक छ भन्ने जवाफ दिए । यता ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको स्थानीय सुरेन्द्र शाहीले गुनासो गरे ।
दुल्लु-चामुण्डा विन्द्रासैनी सडक खण्डमा भएको कामको गुणस्तर के छ भन्ने सामान्य नागरिक पनि जानकार रहेको शाहीको भनाई छ ।
यस भन्दा अघि ठेकेदार कम्पनीको लापरवाहीका कारण चामुण्डा विन्द्रासैनी ६ गडेखोलाका स्थानीयको खेति योग्य जमिन र चामुण्डा विन्द्रासैनी ८ ओमकोट आसपास क्षेत्रमा ठुलो क्षति हुदाँ पनि योजनाले स्थानीयको माग सम्बोधन नगरेको पिडितको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *