दैलेखको लाँकुरीमा एक महिने ड्राइभिङ तालिम शुरु

मातृभूमी संवाददाता । ०७ असोज दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ लाँकुरीमा एक महिने ड्राइभिङ तालिम सुरु भएको छ । तालिमको बिहीवार उद्घाटन गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) विशेष कार्यक्रम अन्तरगत एक महिने ड्राइभिङ सिप विकास तालिम सञ्चालन गरिएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजना तथा डुङ्गेश्वर गाउँपालिका २ को समन्वयमा तालिम सञ्चालन भएको हो । तालिममा डुङ्गेश्वर गाउँपालिका २ का १० जना युवाहरुको सहभागिता रहेको वडाध्यक्ष राजु कुमार खत्रीले बताए ।
युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ ड्राइभिङ तालिम सुरु गरेको वडाध्यक्ष खत्रीले बताए । उनका अनुसार वडाका बेरोजगार युवालाई लक्षित गर्दै वडा कार्यालयको समन्वय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखको आयोजनामा एक महिने ड्राइभिङ तालिम सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *