कांग्रेस नारायण नगर सभापतिमा दुई थापा आमने-सामने

मातृभूमी राजनितिक व्युरो । ०९ असोज दैलेख
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत दैलेखमा पालिकाको निर्वाचन भैरहेको छ । नारायण नगरपालिकामा दुई खेमावाट दुई जनाले नगर सभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन (सभापति शेरवहादुर देउवा) पक्षवाट मनोज कुमार थापा र संस्थापन ईतर (वरिष्ट नेता रामचन्द्र पौडेल) पक्षवाट सुवास कुमार थापाले उम्मेदवारी दिएका छन् । यी दुवै खेमाका नेताहरुले आफुहरुको जित निश्चित रहेको वताउँदै आएका छन् । दुवै समुहवाट निर्वाचनमा होमिएका उम्मेदवारहरु नगरपालिकाका युवा नेता हुन् ।
यस्तै ११ वटा पालिका रहेको दैलेखमा युवा उम्मेदवारहरु वढि छन् । केहि पालिका वाहेक धेरैजसो पालिकामा सभापतिका उम्मेदवार ४० वर्षमुनिका छन् । जिल्लामा रामचन्द्र पौडेल पक्ष विगतमा बलियो भए पनि यसपटक समीकरण बदलिने सम्भावना रहेको बताईन्छ । ‘हरेक पालिकामा अधिकांश युवाहरु नै चयन हुने देखिन्छ । युवाले युवालाई नै रोज्ने स्म्भावना प्रबल छ’ एक कांग्रेस नेताले भने ।

कुन पालिकामा क-कसको भिडन्त ?

दैलेखको निर्वाचन क्षेत्र नम्बर दुईको दुल्लु नगरपालिकामा सूर्य थापा र लालबहादुर रावतले सभापतिमा चुनाव लड्ने भएका छन् । भैरवी गाउँपालिकामा सूर्यबहादुर शाही, कमल थापा र हेमराज जैसीले उम्मेदवारी दिने भएका छन् ।
चामुण्डा विन्द्रासैनी नगरपालिकामा जोगी शाही र जनक शाहीले उम्मेदवारी दिने तयारी गरेका छन् । ठाँटीकाँध गाउँपालिकामा विष्णु रिजाल र रविन्द्र थापाले उम्मेदवारीको घोषणा गरेका छन् । आठबीस नगरपालिकामा वडा नं. २ का वडाअध्यक्ष पूणर् खनाल र नगर सभापति अर्जुनबहादुर शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै दैलेखको निर्वाचन क्षेत्र नम्बर एकको नारायण नगरपालिकामा सुवास थापा र मनोज थापाले उम्मेदवारी घोषणा गरेका छन् । भगवतीमाई गाउँपालिकामा रवीन्द्र शाही र रवीन्द्र खड्काले उम्मेदवारी घोषणा छन् । नौमुलेमा तीनजनाले नेतृत्व दाबी गरेका छन् । यहाँ गंगाबहादुर शाही, मोतिलाल बस्नेत र कणर्बहादुर खत्रीले सभापतिमा दाबी गरेका छन् ।
गुराँस गाउँपालिकामा चन्द्र भट्टराई र वमबहादुर शाहीले दाबी गर्दा डुंगेश्वर गाउँपालिकामा गंगाबहादुर खत्री र भीमबहादुर भट्टले चुनाव लड्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *