ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न सम्पुर्ण शक्ति प्रयोग गरे:मन्त्री थापा

मातृभूमी राजनितिक व्युरो । ०९ असोज दैलेख
दैलेखको महावु गाउँपालिका नेकपा एकीकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै नेकपा एकीकृत समाजवादीका नेता तथा कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री अमरवहादुर थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई धुजा पार्न आफ्नो सम्पुणर् शक्ति प्रयोग गरेको
वताए ।
उनले भने, ‘केपी शर्मा ओली र प्रचण्डवीच ढाई-ढाई वर्ष प्रधानमन्त्री चलाउने सम्झौता भएपनि प्रचण्डले ५ बर्ष नै ओलीलाई चलाउनुहोस् भन्दा पनि नेपाली कम्युनिस्ट आन्दोलन धुजा पार्न ओलीले आफ्नो सवै शक्ति प्रयोग गर्नुभयो ।’
विकासका निम्ति आफुले हरेक टोल र गाउँमा जनताले दिएको अभिमतलाई आफूले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार मन्त्री नहुँदा पनि र भएपछि पनि सम्बोधन गरेको मन्त्री थापाको भनाई थियो ।
मन्त्री थापाले भने, ‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कुनै पनि धारामा नरहेको र संविधान सभा सदस्य रहँदा आफूले त्यस्तो कुनै पनि धाराका लागि हस्ताक्षर नगरेको बताए ।
नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्य टेकबहादुर खाँणले समाजमा उपेक्षित तथा उत्पीडितहरुको न्यायको निम्ति अगुवाई गर्न कार्यकर्ताहरुलाई निर्देशन गरेका छन् ।
भेलालाई सम्वोधन गर्दै खाँणले महिलालाई परेका मर्का विषयमा महिलाहरुले, दलितहरु माथि भएका थिचोमिचो बिरुद्ध उत्पीडित समुदायका अगुवाहरुले बोल्न सके शोषण दमन छिट्टै न्यूनीकरण हुने धारणा राख्दै पार्टीलाई अझ मजवुद वनाउन सम्पुणर् नेता कार्यकर्ताको महत्वपुणर् भुमिका हुने
वताए ।
उद्यम कृषिमा आधारित रहेर समाजबाद उन्मुख लक्ष्य हासिल गर्ने र विकास निर्माणमा कटिबद्ध भएर लाग्न प्रतिबद्ध रहेको एकीकृत समाजवादीका जिल्ला कमिटी उपाध्यक्ष तथा महाबु गाउँपालिकाका अध्यक्ष जंग बहादुर शाहीले वताए । शाहीले समाजवाद उन्मुख भएर लाग्न गाउँपालिका स्थीत सम्पुणर् नेता तथा कार्यकर्तालाई अनुरोध समेत गरे ।
त्यसैगरी अखिल नेपाल महिला संघ (समाजबादी) का केन्द्रीय सदस्य तथा माहाबु गाउँपालिका उपाध्यक्ष प्रेम कुमारी बुढाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्न लागेको वताईन् । उपाध्यक्ष वुढाले नेपाली कम्युनिष्ट आन्दोलनलाई बिग्रहबाट बचाउने एकमात्र पाटी भनेको नेकपा एकीकृत समाजवादी नै रहेको दावी गरिन् ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य प्रकाशकुमार बुढाले नेपाली कम्युनिस्ट आन्दोलनका विषम परिस्थितिमा युवा संघ नेपालले महत्वपूणर् भूमिका निर्वाह गरेको वताए । उनले युवाहरुको मूल प्रवाह युवा संघ नेपाल भएकाले यसबाट विचलित नभई गोलबद्ध हुन आग्रह समेत गरे । उक्त कार्यक्रमलाई नेकपा एकीकृत समाजवादी दैलेखका अध्यक्ष बरुनाथ योगी, प्रदेश कमिटी सदस्यहरु मयाराम अधिकारी लगाएतका नेताहरुले सम्वोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *