नेकपा एकीकृत समावादी पार्टीको ५१ सदस्यीय भैरवी गाउँ कमिटि गठन
मातृभूमी राजनितिक व्युराे । १० असोज दैलेख
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीको भैरवी गाउँ समितिको भेला सम्पन्न भएको छ । आईतवार भएको भेलावाट नेकपा (एकीकृत समाजबादी ) दैलेख जिल्ला कमिटी दैलेखको असोज ४ गतेको निणर्य अनुसार भैरवी गाउँपालिकामा भएको आयोजित अगुवा कार्यकर्ता भेलाबाट ५१ सदस्यीय गाउँ कमिटी घोषणा गरिएको छ ।
भेलावाट भैरवी गाउँपालिकाको इन्चार्जमा नरेन्द्र बहादुर शाही लाई चयन गरेको छ भने अध्यक्षमा जगत प्रसाद आचार्यलाई चयन गरेको छ । जसको उपाध्यक्षमा राजाराम जैशी, यशोधा बादी, तिलक अधिकारी, उपसचिवमा नवीन थापालाई चयन गरेको छ । उक्त भेलाको प्रमुख अतिथि नेकपा (एकिकृत समाजबादी) कर्णाली प्रदेश सचिवालय सदस्य टेक बहादुर खाँण, विशेष अतिथि नेकपा एकीकृत समाजवादी पार्टी दैलेखका अध्यक्ष बरुनाथ योगी, अतिथिहरु पार्टी प्रदेश कमिटी सदस्य एंव समाजवादीका नेता मायाराम अधिकारी, मान बहादुर खड्का, युवा नेताहरु रोहित लामिछाने मगर, खगेन्द्र खनाल, युवा संघका केन्द्रीय सदस्य आशिष कुमार थापा, पार्टीका वृद्ध नेता नेत्र बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वोल्ने अधिकांस नेताहरुले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघठन गरी पार्टी र कम्नियुस्ट आन्दोलनलाई खतरामा पारेकाले कम्युनिष्ट आन्दोलनको रक्षा तथा समाजवादको दिशालाई अगाडि बढाउन नेकपा एकीकृत समाजावदी गठन भएको वताएका थिए ।