ओलीले नेतृत्व गरेको समुह कुनै दल नभएर झुण्ड हो : केन्द्रिय सदस्य वुढा

मातृभूमी राजनितिक व्युरो । असोज ११ दैलेख
केपी शर्मा ओलीले नेतृत्व गरेको समुह कुनै दल नभएर झुण्ड मात्र रहेको युवा संघ नेपालका केन्द्रीय सदस्य प्रकाशकुमार बुढाले वताएका छन् । नेकपा (एकिकृत समाजबादी) को दुल्लु नगर भेला तथा बैठकलाई सम्वोधन गर्दै उनले ओलीले नेतृत्व गरेको समुह कूनै सैद्धान्तिक मार्गदर्शन बोकेको पार्टि नभएर दलाल पूँजीवाद र माफियाको झुण्ड भएको वताए ।
कार्यक्रममा बोल्दै उनले ओलीले पटक-पटक प्रतिनिधि सभा विघटन गरेर संविधान माथि कुठाराघात गर्न खोजेको युवा संघ नेपालका केन्द्रीय सदस्य बुढाले आरोप लगाए । पार्टी कुनै विधि र प्रक्रियाबाट नभई कम्पनी जसरी चलेपछि र नेपाली कम्युनिष्ट आन्दोलन नै धरापमा पर्ने भएकाले त्यो माफियाहरुको झुण्डबाट कम्युनिष्ट आन्दोलन जोगाउन नेकपा एकीकृत समाजबादी पार्टीको जन्म भएको समेत उल्लेख गरे ।
युवा संघ नेपालका केन्द्रीय सदस्य बुढाले भने, ‘सामन्तबादको चिन्तनबाट ओली र उहाँका नेताहरु मुक्त हुन सक्नु भएन । दुल्लुमा बिगतमा भएको आम सभामा योगेश भट्टराईले ओलीका हनुमानहरु भनेर उद्घोष गरेर आज आफै हनुमान बन्न जानुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!