कांग्रेस अधिवेशन पालिकामा आएनन् महिला नेतृ

मातृभूमी राजनितिक व्युराे । असाेज ११ दैलेख

नेपाली कांग्रेसकाे आसन्न १४ औँ महाधिवेशन अन्तरगत पालिका अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशन हुन बाकी रहेको दैलेखको भैरवी गाउँपालीकामा सोमबार अबिधेसन सम्पन्न भएसंगै दैलेखका ११ वटै पालीकामा नेपाली कांग्रेसको पालीका स्तरीय अधिवेशन सम्पन्न भएका छन । भैरवी गाउँपालीकाको नेपाली कांग्रेसको सभापतिमा हेमलाल जैसी बिजयी भएका छन् । जैसीले आफ्ना प्रतिस्पर्धी कमल थापालाई पराजित गर्दै सभापतिमा निर्वाचीत भएका हुन् ।

जिल्लाका ५ पालीकामा गत शनीबार अबिधेशन सम्पन्न भएको थियो भने अन्य पालीकामा आइतबार र बाकी रहेको भैरवी गाउँपालीकामा  सोमवार अधिवेशन सम्पन्न भएकोे हो । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि दैलेखमा भएको गाउँ तथा नगर अधिवेशनमा कुनै पनि पालीकामा महिला नेतृत्व भने नभएको पाईएको छ । गुटगत हिसाव नमिल्दा सबै पालीकामा सर्वसम्मत हुन नसकेको र चुनाव गर्नुपरेको कांग्रेसले दैलेखले जनाएको छ ।

दैलेखका सबै पालीकामा नया नेतृत्व चयन भएको छ । चयन भएकामध्य ४ नगरपालिका र ७ वटा गाउँपालिका छन् । निर्वाचन सम्पन्न भएका स्थानीय तहमा निर्वाचित भएको नेतृत्व हेर्दा महिलाको सहभागिता शून्य छ । ११ स्थानीय तहमा निर्वाचन सम्पन्न हुँदा कहीँ पनि महिला नेतृत्वमा नआएको निर्वाचन समितिले जनाएको छ । सर्वसम्मत नेतृत्व चयन भएका पालिकामा महिलाको नाम नै उच्चारण भएन भने निर्वाचन भएका पालिकामा पनि महिला प्रतिस्पर्धाका लागि तयार देखिएनन् ।

दैलेखका सबैजसो पालीकाहरुमा महिला नेतृत्वमा नआउनुले पार्टीमा पनि पुरुषकै वर्चस्व देखिएको छ । सभापति मात्रै होइन उपसभापति, सचिव र सहसचिव पदमा समेत महिलाको सहभागिता न्यून छ । गत भदौ १८ गते भएको वडा अधिवेशनमा भने ९० वडामा निर्विरोध नेतृत्व चयन भएको थियो ।

युवा वर्गलाई नेतृत्वमा ल्याउन १९ वर्षको उम्मेरमा दुल्लु नगरपालिका ३ की स्वस्तीका महतलाई वडा सभापति बनाएको कांग्रेसले  पालिकामा भने महिला नेतृत्व बिहीन बनेको छ । नेतृत्वमा महिला नआउनु दुर्भाग्य भएको महिला अधिकारकर्मीले बताएका छन् । सम्पन्न ११ पालीकाको निर्वाचन परिणाम अनुसार दुल्लु नगरपालिकाको सभापतिमा लाल बहादुर रावत निर्विरोध चयन भएका छन् ।

चामुण्डा विन्द्रासैनी नगरपालिकामा जगत शाही, ठाँटिकाध गाउँपालिकामा विष्णुप्रसाद रिजाल, आठबिस नगरपालिकामा अर्जुन बहादुर शाही, नारायण नगरपालिकामा मनोज थापा, महावु गाउँपालिकामा कर्णबहादुर शाही, नौमुले गाउँपालिकामा गंग बहादुर शाही, भगवतिमाई गाउँपालिकामा खगेन्द्र बहादुर शाही, डुगेश्वर गाउँपालिकामा भिम बहादुर भट्ट र गुँरास गाउँपालिकामा चन्द्रप्रसाद भट्टराई पालिका सभापति वनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *