राम्रो गरौं भन्ने इच्छा शक्ति जरुरी : खड्का

मातृभूमी संवाददाता । असाेज १२ दैलेख

नारायण नगरपालिका वडा नं. ७ का वडासदस्य निर्मला खड्काले सार्वनिक निकायको जिम्मेवारी वहन गर्न आउनेहरुमा सेवाको भावना र राम्रो गरौं भन्ने इच्छा शक्ति जरुरी रहेकाे वताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी परियोजनाले बसन्त मावि किमुगाउँमा आयोजना गरेको शिक्षा अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रममा वाेल्दै उनले राम्रो गरौं भन्ने इच्छा शक्ति जरुरी रहेकाे वताएकी हुन् ।
विद्यालय व्यवस्थापन समिति र यस्तै सामाजिक कार्य गर्न आउनेहरु राजनीतिक पक्षबाट माथि उठेर सेवाको भावना र राम्रो गरौं भन्ने इच्छाशक्तिका साथ काम गर्ने विद्यालय व्यवस्थापन अध्यक्ष र प्रधानाध्यापक पाएकोले विद्यालयको शैक्षिक क्रियाकलापहरु व्यवस्थित हुँदै आएकोमा आफू खुशी रहेको वडासदस्य खड्काले बताइन् ।
त्यसबखत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशबहादुर खड्काले भरखर जिम्मेवारीमा आएकोले सबैको सहयोग र सहकार्यमा काम गर्ने प्रतिवद्धता जनाए । विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले समयमा दिइने सुझावले थप गल्ती हुन नदिन र सफलतातिर उन्मुख गराउने बताउनुभयो । उहाँलाई आफू प्रशंसा भन्दा रचनात्मक सुझावको खाँचो रहेको बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का जिल्ला प्रतिनिधि अमर सुनार र इएलपी परियोजनाका जिल्ला सहजकर्ता सीता बुढाले सहजीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रममा विद्यालयको शैक्षिक गतिविधि थप सुधार गर्न अभिभावक र विद्यार्थीहरुले सुझाव दिए ।
इएलपी कार्यक्रम अन्तरगत बसन्त मावि किमुगाउँमा गठित बालअधिकार चेतना समूहका अध्यक्ष निशा रावलले खेलकूद सामग्री उपलब्धता र कम्प्यूटरको अधिकतम उपयोगमा बालबालिकालाई अवसरहरु सिर्जना गर्नुपर्ने सुझाव राखिन् ।
अन्तरक्रिया कार्यक्रममा अभिभावकहरु भविसरा कोइराला, धनकुमारी रावल, सीता खनाल र मनु रावलले बालबालिकाहरुमा कुनै किसिमको विभेद वा भेदभाव हुनु नहुने, विद्यालयमा शिक्षकहरुले सूर्तीजन्य पद्धार्थ सेवन गर्न नहुने सुझाव राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *