युवालाई कृषिमा व्यवसायीक बनाइँदै
मातृभूमी संवाददाता । १४ असोज दैलेख
कोरोना महामारीले वैदेशिक रोजगारी गुमेका तथा अन्य कोरोना प्रभावित कृषक समुहका सदस्यहरुलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न क्रियाकलापको थालनी गरिएको छ । यहाँको एक गैर सरकारी संस्थाको पहलमा दैलेखका दुई स्थानीय तहका प्रभावित स्थानमा कृषक समुह गठन गरी कृषक समुहका सदस्यहरुलाई व्यवसायीक रुपमा कृषिमा आत्मर्निभर वनाउने कामको थालनी गरिएको हो ।
वैदेशिक रोजगारी गुमेर कामविहीन वनेका यूवालई कृषिमा प्रोत्साहित गर्दै आत्मनिर्भर वनाउन विभिन्न कृषि सम्बन्धि प्राविधिक सल्लाह तथा कृषि विउविजन र औजार उपकरण सहयोग गरिएको जनाइएको छ । वैदेशिक रोजगारीले घर परिवारको खर्च तथा जोहो गर्दै आएका दैलेखका केहि यूवाहरुलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम अगाडि सारिएको सोसेक नेपाल दैलेखले जनाएको छ । दैलेखका दुल्लु नगरपालिका र आठविस नगरपालिकाका ४२ जना कृषकलाई कृषिमा आत्मनिर्भर वनाउन विभिन्न कृषि सामाग्री तथा विउ विजन सहयोग गरिएको कार्यक्रम संयोजक पुस्कर प्रसाद शर्माले वताए ।
दुल्लु नगरपालिकाका २० र आठविस नगरपालिकाका २२ जना कृषक समुहका प्रत्येक सदस्यलाई तरकारी खेतीका लागि जैविक विषाधी वनाउन प्रयोग गरिने उपकरण, सिचाई पाइप, पलाष्टिक घर लगाएत विभिन्न जातका विउ विजन वितरण गरिएको छ ।
सोसेक नेपालको सहयोग तथा यूरोपियन यूनियन डिसिए, कार्यक्रको साझेदारीमा साकार परियोजना अन्तरगत दुल्लु नगरपालिका १ मा जनचेतना कुषक समुह गठन गरी उक्त समुहलाई १५ क्विनटल आलुको विउ पोली हाउस, थोपा सिचाई, मलचिङ प्लाष्टिक ड्रम लगाएत सामाग्री सहयोग गरिएको छ । त्यस्तै मालिका कृषि समुहलाई १५ क्विनटल आलुको विउ लगाएत कृषि सामाग्री सहयोग गरिएको कृषि प्राविधिक संगम विष्टले वताइन् ।
त्यस्तै पिपल चौतारी कृषि समुहलाई २ सय ५० केजि आलुको विउ, भण्डारी टोल कृषि समुहलाई १० वटा प्लाष्टिक घर, १० सेट थोपा सिचाई, लगाएत जैविक विषाधी वनाउन प्रयोग गरिने उपकरण, सिचाई पाइप, पलाष्टिक घर लगाएत विभिन्न जातका विउ विजन वितरण गरिएको प्राविधिक विष्टको भनाई छ । कृषि प्राविधिक विष्टका अनुसार उद्यमशिल समुह, भण्डारी कृषि समुह लगाएत अन्य समुहलाई कृषि सामाग्री तथा तरकारीका विउ विजन वितरण गरिएको हो ।
दूल्लु नगरपालिकामा गठित भण्डारी टोल कृषि समुहका अध्यक्ष रमेश भण्डारीले संस्थाले गाउँमै यूवा उद्यमी वनाउनु धेरै राम्रो भएको वताए । यूवाहरुलाई कृषि सम्बन्धि परामर्श तथा विउ विजन दिएर राम्रो कामको थालनी गरेको वताउँदै भण्डारीले आगामि दिनमा वैदेशिक रोजगारीको लागि भौतारीनु पर्ने बाध्यताको अन्त्य हुने वताए । ‘हामिलाई परियोजनाले व्यवसायमूखि वनाएको छ’ अध्यक्ष भण्डारीले भने, ‘आगामि दिनमा रोजगारीका लागी हामिलाई वाहिर जना नपर्ने भयो ।’
त्यस्तै आठविस नगरपालिकामा वैदेशिक रोजगारी गुमाएर आएका ४६ यूवाहरुलाई तरकारी खेतीमा आत्मनिर्भर वनाउन परियोजनाले कृषि औजार, तरकारीका विउ विजन, प्लाष्टिक घर लगाएत सामाग्री वितरण गरिएको सोसेक दैलेखका टिकाराम सापकोटाले वताए । साथै त्यस क्षेत्रका कृषि समुहका ४६ यूवा गरी १ सय ७२ जनालाई तरकारी खेती सम्वन्धि विउ विजन तथा प्रविधिक सल्लाह दिइएको जनाइएको छ ।