दशैंको तेस्रो दिन, आज शक्तिपिठहरुमा पूजा आराधना गरिँदै
मातृभूमी संवाददाता । २३ असोज दैलेख
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना हुदैँछ । आज दशैं घर र विभिन्न शक्तिपिठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदै छ ।
घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । नवरात्रका नौ दिनमा पहिलाे दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्दिदात्रीको पूजा अर्चना र उपासना गर्ने गरिन्छ ।
दशैंको तेस्रो दनि आज देशभरीका नवदुर्गाका मन्दि र शक्तिपिठहरुमा भक्तजनहरुको भीड लागेको छ। राजधानीभित्र शोभा भगवती, तलेजुभवानी, भद्रकाली, गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, नक्साल भगवती सहितका शक्तिपिठहरूमा दर्शनार्थीहरूको घुँइचो लागेको हो। त्यस्तै उपत्यका बाहरिका शक्तिपिठहरुमा पनि दर्शनार्थीको भीड लागेको छ।