सुर्खेतको लादेमा फोर्स दुर्घटना, दुई जनाको मृत्यु

मातृभूमी संवाददाता । ३१ असोज दैलेख
दैलेखको बेस्तडाबाट सुर्खेत जादै गरेको मिनी बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ११ का युवा सुशील राउत र भगवती गाउँपालिका १ की ३४ वर्षीया शान्ता थापा आचार्य रहेकी छन् ।
गम्भीर घाइते उनीहरुको अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त गाडीका चालक फरार छन् भने उक्त गाडी साहुले चलाएका थिए । बिहान बेस्तडाबाट यात्रु लिएर सुर्खेत जादै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको उक्त मिनी बसमा ३४ यात्रु थिए । दुर्घटनामा घाइते भएका यात्रुहरुलाई भने उपचारका लागि सुर्खेत पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *