दैलेख एमालेको वडा र पालिका अधिवेशन कार्तिक १२ र १५ गते हुने

मातृभूमी राजनितिक व्युराे । ०६ कार्तिक दैलेख

नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखले वडा अधिवेशन र पालिका अधिवेशन कार्तिक १२ र १५ गते गर्ने भएकोे छ । केन्द्रले कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भनेर निर्देशन दिए पनि वर्षातको कारण जिल्ला कमिटीले अधिवेशन सार्ने निर्णय गरेको हो ।

वर्षातले सबैलार्ई समस्या पारेकोले संगठित सदस्यताको काम पनि टुंगिन बाकी रहेको बताउदै एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले सोही आधारमो कात्तिक ९ गते पालिकास्तरमा वैठक बोलाएको जानकारी दिए ।

यस्तै कात्तिक १२ गते वडा अधिवेशन र कात्तिक १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको पनि उनले बताए । जिल्ला कमिटिको वैठकद्वारा पालिका तथा वडा कमिटीको अधिवेशनका लागि जिल्ला कमिटीका पदाधिकारी एवम् सदस्यहरु समेत खटाइएको छ । हरेक वडामा जिल्ला कमिटीका सदस्यलाई अधिवेशन गर्ने जिम्मेवारी समेत तोकिसकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!