दैलेखकाे ठाटीकाँधमा क्रिकेट प्रतियोगिता हुने

मातृभूमी संवाददाता । ०६ कार्तिक दैलेख

दैलेखकाे ठाटिकाँध गाउँपालिकामा यही कार्तिक १० गते देखि क्रिकेट प्रतियोगिता हुने भएको छ । लेकवेसी एकता समाज ठाटिकाँधको आयोजना र ठाटिकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थीक सहयोगमा चौथो जिल्ला स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा आयोजित खेल कार्तिक १० गते देखि २० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । करिब १० दिन सम्म चल्ने प्रतियोगितामा खेलाडीहरुले कार्तिक ९ गते सम्म टिम दर्ता गर्न पाउने ब्यवस्था मिलाईएको आयोजक लेकवेसी एकता समाजका अध्यक्ष भक्त बहादुर रोकायाले बताए। ।

उनका अनुसार प्रतियोगितामा विजेता हुने समुहले ४१ हजार एक सय ११ रुपैयाँ र उप विजेताले ३१ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष राेकायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *