आठबीसमा आलु र लसुनको विउ बितरण

मातृभूमी संवाददाता । ०९ कात्तिक दैलेख
आठबीस नगरपालिका ९ का बिपन्न तथा सिमान्तकृत समुदायका ४० घरधुरीहरुलाई आलूको बिउ बितरण गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका घरपरिवार, विपन्न महिला, दलित, जनजाती तथा अपांगता भएका घरधुरीहरु छनौट गरी परिणाममूखि नतिजाका आधारमा र कोरोनाले पारेको असरलाई न्युनिकरण प्रति घरधुरी १ सय ५० किलो कार्डिनल जातको बिउ २ वटा कृषक समुहका ४० कृषकले प्राप्त गरेका छन् ।
एभरेष्ट क्लबको सहजिकरणमा यूएनडिपिको आर्थिक सहयोग र आठबिस नगरपालिकाको साझेदारीमा संचालित कोभिड १९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुर्नःलाभ, पुर्नःप्राप्ती परियोजनाद्धारा आठबीस नगरपालिकाको आलुको पकेट क्षेत्र मानिएको वडा नं. ९ का प्रति कृषकको ३ देखि ५ रोपनि जमिनमा लगाउनका लागि बिउ वितरण गरिएको हो ।
आयआर्जनलाई मुख्य प्राथामिकतामा राखि कृषि क्षेत्रमा व्यबसायिक ढंगवाट कृषहरुलाई व्यबसायिक उद्यमी निर्माण गर्ने योजना रहेको छ । ठूलो परिमाणमा उपलव्ध गराईएको बिउद्धारा आयआर्जन तथा जिविकोपार्जनको क्षेत्रमा दिगो रुपमा टेवा पुग्ने लक्ष्य परियोजनाले लिएको छ । प्रविधिक र भौतिक सहयोगको आधारमा छनौटमा परेका कृषकहरुको जमिनको उपलब्धतालाई समेत मध्यनजर गरी सो कार्यलाई अगाडी बढाईएको हो ।
प्रति कृषकको ३ देखि ५ रोपनि जमिनमा गर्न लागिएको तरकारीबाली तथा आलू बालीमा आत्म निर्भर बनाउने र प्रति कृषकको बार्षिक आम्दानी करिब एक लाख असि हजार हुने प्राबिधिक तवरबाट र्निक्यौल समेत गरिएको छ । बिषेश गरी युवाहरुलाई बिदेशिनबाट र सिर्जशिल उद्यमी निर्माण गर्ने पनि उद्देश्य परियोजनाले बोकेको छ । परियोजनाका तर्फबाट पुणर्कालिन रुपमा प्राविधिक सहयोग, हरित स्वंयम सेवक परिचालन र निरन्तर अनुगमन गरि कृषकलाई उत्पादनमा ह्रास आउन नदिने रणनिति समेत अपाईएको परियोजनाले जानकारी दिएको छ ।
यसै गरी मसालाबालीमा समेत आत्मनिर्भर बनाउन र कृषकको आयआर्जनमा विषेश टेवा पुर्‍याउने लक्ष्य सहित आठबीस नगरपालिकाको वडा नं. ४ मा लसुनको बिउ पनि वितरण गरिएको छ । परियोजना र पालिकाको समन्वयमा छनौटमा परेका १०० घरधुरीहरुका लागी प्रति घरधुरी १५ किलो लसुनको मूल बिउ उपलब्ध गराएको छ । सोही क्रममा अन्य ६० घुरधुरीमा काउली र बन्दागोभिको बिउ वितरण गरी नर्सरी स्थापना भै हाल कृषकहरु आफ्नो जमिनमा खेती समेत गरिरहेको संस्थाको आन्तरिक अनुगमनको क्रममा देखिन आएको छ ।
तत्कालका लागि झट्ट परिणाम नदेखिएता पनि आउने दिनमा उत्पादनको परिमााण र त्यसको बिक्रि वितरण भै आउने नतिजाले भने परियोजनाले देखेको सपना धेरै हद सम्म पुरा हुने देखिन्छ । परियोजना एक बर्ष अवधिको रहेको छ भने हाल पहिलो चौमासिकको हालै प्रगति समिक्षा समेत सम्पन्न भएको परियोजना संयोजक युबराज शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *