कांग्रेस महाधिवेशन सार्ने सहमति

मातृभूमी राजनितिक व्युराे । ०९ कात्तिक काठमाण्डाै

नेपाली कांग्रेसको १४‍औं महाधिवेशन फेरि सर्ने भएको छ । निर्वाचन समितिका सदस्यहरु सहित मंगलवार  बसेको कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशन कार्यतालिका सार्ने सहमति बनेको हो । मंसिर मसान्तसम्म महाधिवेशन सक्नेगरी पार्टीको तल्लो संरचनाको अधिवेशन सक्न निर्वाचन समितिलाई निर्देशन दिइएको छ।

बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी थिए । बैठकले तल्लो तहका अधिवेशन छिटो सक्ने निर्णय गरेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।

केन्द्रीय महाधिवेशन मंसिर मसान्तअघि नै सकाउने गरी तल्लो तहको अधिवेशन गर्ने निर्णय भएको उनले जानकारी दिए । संशोधित कार्यतालिका अनुमोदनका लागि केन्द्रीय समिति बैठकको आवश्यकता रहेकाले डाक्न आग्रह गरिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेगरी काम गर्न निर्वाचन समितिलाई आग्रह गरिएको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *