अनुरागको यति मन रुन्न वैनी गित सार्वजनिक
मातृभूमी संवाददाता । ११ कात्तिक दैलेख
दैलेखका श्रष्टा अभिषेक अनुरागको नयाँ गित यति मन रुन्न वैनी तिमिलाई सम्झेर… सार्वजनिक भएको छ । अनुरागले विहिवार सार्वजनिक गरेको उक्त गितमा शव्द, संगित र स्वर रहेको छ । उनले आफ्नी प्यारी वहिनीको सम्झनामा सो गित रेर्कडिङ गरेर सार्वजनिक गरेका हुन् ।
उनले सत्य घटनामा आधारित रहेर आफ्नो नयाँ गित यति मन रुन्न वैनी तिमिलाई सम्झेर… सार्वजनिक गरेको जानकारी दिए । केही महिना अघि उनकी वहिनीको दुखद् निधन भएको थियो । उनकी वहिनीको निधन भएपछि उनी निकै दुखिद् र भावविह्वल भएका थिए ।
उनले आफ्नो गितमा वैनी तिमी कहाँ छौ, चरी भए उडेर भेट्न आउँथे, तिज, दशै, तिहार आउँदा तिम्रो सम्झनाले निकै सताउँछ, तिम्रो छोरी र भदैले फुपु कहिले आउनु हुन्छ भनेर सोध्छन् जस्ता मार्मिक शव्द राखेर गाएका छन् ।
सामाजिक संजाल फेसवुकमा धेरैले गित निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । फेसवुकमा विशाल सुनारले लेखेका छन् ‘भावना तर्क भन्दा धेरै माथी हुन्छ । चाड पर्व नजिकिदै जाँदा अन्तस्करणमा प्रलय नै जान्छ । भक्कानोको ज्वार कुन सागरको होला र ? यस्ता खाले रिक्तताहरुको हुबहु पुणर्ता त कदापी हुदैन तथापि नियतीलाई स्विकार्नुको बिकल्प छैन । आखिर माया त माया नै हो नि ।’